भारतसहित विभिन्न स्थानबाट संकलित १० तरकारीका नमूनामा विषादी परीक्षण, सबै उपभोगयोग्य

काठमाडौं, २७ असोज । कालीमाटीस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले परीक्षण गरेका १० वटा फलफूल तथा तरकारीका नमूना विषादी अवशेषका दृष्टिले उपभोगयोग्य पाइएको छ ।

कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ, कालीमाटीले असोज २७ गते गरेको परीक्षणमा भारत तथा नेपालका विभिन्न स्थानबाट संकलित १० वटा नमूनामा विषादी अवशेष परीक्षण गरिएको थियो ।

परीक्षण गरिएका नमूनामा गोलभेँडा, डल्ले खुर्सानी, बरेला, घिरौँसी, काउली, भेडे खुर्सानी, परवल, लौका र भान्टालगायतका तरकारी रहेका छन् । ती नमूना भारत, मकवानपुर, धादिङ, काभ्रेपलाञ्चोक र काठमाडौंका विभिन्न स्थानबाट संकलन गरिएका थिए ।

प्रयोगशालाको प्रतिवेदनअनुसार परीक्षण गरिएका सबै १० नमूना उपभोगयोग्य वर्गमा परेका छन् । प्रतिवेदनमा विषादी अवशेषको मात्रा तोकिएको मापदण्डअनुसार वर्गीकरण गरिएको छ ।

प्रयोगशालाले विषादी अवशेषको मात्रा ३५ प्रतिशतभन्दा कम भएमा उपभोगयोग्य (Consumable), ३५ देखि ४५ प्रतिशतसम्म भएमा केही दिन पर्खेर पुनः परीक्षण गर्नुपर्ने (Quarantine) र ४५ प्रतिशतभन्दा बढी भएमा नष्ट गर्नुपर्ने (Disposable) व्यवस्था उल्लेख गरेको छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार पहिलो, दोस्रो र तेस्रो नमूनामा कीटनाशक विषादीका दुई समूहको मात्र परीक्षण गरिएको हुँदा अन्य विषादी तथा रसायनका हकमा उक्त नतिजा लागू नहुने जनाइएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑