राहत खाद्य पदार्थ वितरणमा असल अभ्यास अपनाउन विभागको निर्देशन

काठमाडौं, २७ असोज । भोटेकोशी बाढीपीडितका लागि उपलब्ध गराइने राहत खाद्य पदार्थको खाद्य स्वच्छता तथा गुणस्तरबारे खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निरीक्षण तथा अनुगमन गरेको छ ।

विभागले २०८३ असोज २६ गते गरेको अनुगमनका क्रममा सामाखुसीस्थित राधा स्वामी सत्संग र सहरी विकास तथा भवन निर्माण विभागमा राहतका लागि तयारी अवस्थामा राखिएका खाद्य पदार्थको निरीक्षण गरेको हो ।

राधा स्वामी सत्संगमा राहतका लागि चामल, चिउरा, सोयाबडी, तयारी चाउचाउ र आयोडिनयुक्त नुन पठाउने तयारी गरिएको पाइएको थियो । अनुगमनका क्रममा चिउरा र सोयाबडी खुला प्लास्टिकमा प्याकेजिङ गरी ल्याइएको भेटिएको थियो । चामल, तयारी चाउचाउ र आयोडिनयुक्त नुनमा भने ब्याच नम्बर, उत्पादन तथा प्याकेजिङ गर्ने उद्योगको नाम र ठेगाना तथा उपभोग्य मिति उल्लेख भएको पाइएको विभागले जनाएको छ ।

त्यस्तै, सहरी विकास तथा भवन निर्माण विभागमा चार प्रकारका विभिन्न ब्रान्डका प्याकेजिङ गरिएका चामल राहतका लागि पठाउने तयारी गरिएको थियो । ती सबै प्रकारका चामलमा ब्याच नम्बर, उत्पादन तथा प्याकेजिङ गर्ने उद्योगको नाम, ठेगाना र उपभोग्य मिति उल्लेख भएको पाइएको थियो । 

अनुगमनका क्रममा खाद्य पदार्थको समग्र अवस्था सन्तोषजनक पाइएको विभागले जनाएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम राहत खाद्य पदार्थ वितरण गर्दा असल वितरण अभ्यास (Good Distribution Practice) अपनाउन दुवै निकायलाई निर्देशन दिइएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑