मन्त्र थकालीमा कीरा भेटिएपछि २ लाख ५० हजार जरिवाना

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले महाराजगञ्जस्थित प्रिन्स तारा हस्पिटालिटी प्रा.लि. (मन्त्र थकाली) लाई खानामा कीरा पर्ने सम्भावना र सरसफाइ सम्बन्धी गम्भीर कैफियत फेला परेपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम रु. २,५०,००० जरिवाना गरेको छ।

विभागले आज सार्वजनिक गरेको संयुक्त निरीक्षण अनुगमन सम्बन्धी विवरणअनुसार मिति २०८३।०६।२४ गते फोनमार्फत खानामा कीरा परेको उजुरी प्राप्त भएपछि विभागको Rapid Response Team ले तत्काल काठमाडौं महानगरपालिका वडा नं. ३, महाराजगञ्जस्थित उक्त रेष्टुरेन्टको अनुगमन निरीक्षण गरेको थियो।

निरीक्षणमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधि सहितको संयुक्त टोली सहभागी थियो।

निरीक्षणका क्रममा भान्सा कोठाको सरसफाइ सन्तोषजनक नभएको, पकाएको खाद्य पदार्थ नछोपि भण्डारण गरेको, फ्रिज तथा भान्सा कोठामा किटजन्य पदार्थ (सांग्ला, भुसुना) देखिएको, किचनमा ड्रेनेजको सरसफाइ सन्तोषजनक नरहेको, फ्रिजमा खाद्य वस्तु अव्यवस्थित रूपमा राखिएको, भान्सा कोठाको डस्टबिन खुला तथा फोहोर रहेको, फ्राईड आलु मसीजन्य कागज (पत्रिका) मा भण्डारण गरेको र खानामा कीरा पर्ने सम्भावना देखिएको जस्ता कैफियत फेला परेका थिए।

यसैक्रममा पत्रिकामा भण्डारण गरिएको करिब एक किलो फ्राईड आलु नष्ट गरिएको छ भने रेष्टुरेन्टलाई पकाएको खाद्य पदार्थ राम्ररी छोपर भण्डारण गर्न, किट नियन्त्रणको व्यवस्था थप प्रभावकारी बनाउन, सरसफाइमा विशेष ध्यान दिन, खाद्य पदार्थ राख्न मसीजन्य कागज प्रयोग नगर्न तथा फ्रिज र भान्साकोठाको भण्डारण व्यवस्थित गरी खाद्य स्वच्छता कायम राख्न निर्देशन दिइएको छ।

साथै देखिएका कैफियतहरू सुधार गरी सात दिनभित्र सुधारको प्रमाणसहित विभागमा उपस्थित हुन भनिएको छ। अन्यथा प्रचलित खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम थप कारबाही हुने जनाइएको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑