काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएका विभिन्न तरकारीका १० वटा नमुना विषादी अवशेष परीक्षणमा उपभोग योग्य पाइएको छ ।
कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ, कालीमाटी काठमाडौंले २०८३ असोज १६ गते गरिएको विषादी अवशेष परीक्षणको नतिजा सार्वजनिक गर्दै सबै नमुना उपभोग योग्य रहेको जनाएको हो ।
प्रयोगशालाका अनुसार थाहा नगरपालिका–मकवानपुरबाट ल्याइएको भेडेखुर्सानी, पर्सागढी नगरपालिका–पर्सीबाट ल्याइएको भिण्डी, ललितपुर महानगरपालिकाबाट ल्याइएको काँक्रो, गजुरी गाउँपालिका–धादिङबाट ल्याइएको भिण्डी र घिरौलाको नमुना परीक्षण गरिएको थियो ।
त्यस्तै थाहा नगरपालिका–मकवानपुरबाट ल्याइएको काउलीका दुई नमुना, चितवनबाट ल्याइएको भान्टा, भारतबाट ल्याइएको भिण्डी र गोलभेंडाको पनि विषादी अवशेष परीक्षण गरिएको थियो ।
परीक्षणमा कार्बामेट तथा अर्गानोफस्फेट समूहका विषादीको अवशेष मापन गरिएको थियो । प्रतिवेदनमा उल्लेख गरिएका सबै १० नमुनाको कैफियतमा ‘उपभोग योग्य’ उल्लेख गरिएको छ ।
प्रयोगशालाले विषादी अवशेष परीक्षणका लागि तोकेको मापदण्डअनुसार ३५ प्रतिशतभन्दा कम रोकावट भएमा उपभोग योग्य (Consumable), ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन राखेर पुनः परीक्षण/उपभोग गर्नुपर्ने (Quarantine) र ४५ प्रतिशतभन्दा बढी भएमा विसर्जन गर्नुपर्ने (Disposable) व्यवस्था रहेको जनाएको छ ।
प्रयोगशालाले परीक्षण गरिएका नमुनाको नतिजा आवश्यक जानकारी तथा कारबाहीका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा पठाएको जनाएको छ ।
















प्रतिक्रिया थप्नुहोस्