किसानको गुनासोः तरकारीले बजार नपाएर बारीमै सड्दा त मनै भक्कानिन्छ

बैतडी, २९ माघ । व्यावसायिक तरकारी खेतीमा लागेका बैतडीको दशरथचन्द नगरपालिकाका किसान कृष्णबहादुर बोहराले आफूहरूले बारीमा उत्पादन गरेको तरकारीले बजार पाउन नसकेको गुनासो गरेका छन् । तरकारी बजारीकरणका लागि सरकारले समेत ध्यान नदिएकामा उनले दुःख व्यक्त गरेका छन् ।

उनले भने ‘हामीले बारीमा उत्पादन गरेको तरकारीले उचित मूल्य नै पाउँदैन । बजारका बिक्रेताहरूलाई फोन गरेर तरकारी किनीदिनू भन्दा अलिअलि बेचिने हो, केही आफै बजारमा लगेर बेचिन्छ । बाँकी बेच्न गाह्रो छ । बारीमा उत्पादित तरकारीले बजार पाउनै मुस्किल छ । यसले गर्दा हामीलाई धेरै समस्या हुने गरेको छ ।’

बारीमा मेहनत गरेर उत्पादन गरेको तरकारीले बजार नपाएर बारीमै सड्दा त मनै भक्कानिएर आउने उनी बताउँछन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑