भक्तपुरमा पुष्प खेती गरिरहेकी सरस्वती नगरकोटीले यसवर्ष फूल खेती खासै राम्रो नभएको बताइन् । फूल खेतीमा धेरै मेहनेत परे पनि श्रमको मूल्य नआउने उनको गुनासो छ ।
सिन्धुली घर भई गुण्डु बस्दै आएका सुबास ब्लोले पनि फूललाई मेहनेत धेरै गर्नु परे पनि उचित मूल्य नआउने बताए । बैशाखमा बेर्ना राखी फूल रोप्न तयार हुन्छ । ‘फूल रोपेदेखि नै दैनिक पानी हाल्नु पर्छ । समयसमयमा किटनाशक औषधि, बढ्ने औषधि हाल्नुपर्छ । साउनको पहिलोको हप्ताबाट फूल टिप्न तयार हुन्छ,’ उनले भने । फूल किन्न दैनिक ठेकदार आउँछन् । तर मिहिनेतको मूल्य नै आउँदैन । फूलको मालाबाट वार्षिक ५० देखि ६० हजार रुपैयाँ आम्दानी हुन्छ । सो रकम केटाकेटी पढाउन, खुवाउन खर्च हुन्छ । जग्गा भाडामा लिएर फूल खेती गरिँदा कहिलेकाहीँ त भाडा तिर्नै मुस्किल हुने उनले सुनाए ।
2023-02-14-04-02-23.jpeg)










प्रतिक्रिया थप्नुहोस्