कृषि उत्पादनलाई बजारीकरण गर्न कृषि मार्ट सञ्चालनमा

धनगढी, २५ माघ । सुदूरपश्चिमको कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले धनगढीमा कृषि मार्ट सञ्चालनमा आएको छ । धनगढीमा लामो समयदेखि कृषि व्यवसाय गर्दै आएका विष्णुराज बुर्लाकोटीले उपमहानगरपालिका वडा नम्बर ४ को एन.डी मार्गमा एस.बी कृषि मार्ट प्रालि सञ्चालनमा ल्याएका हन् ।

सुदूरपश्चिममा उत्पादित कृषि उपजले बजार र मूल्य नपाउँदा कृषकहरूको उत्पादन क्षमतामा ह्रास आएकाले कृषि उपजको उत्पादन बढाउन र किसानलाई उचित मूल्य दिन मार्ट सञ्चालन गरिएको हो ।

कृषि उपजमा सहुलियत खोज्नु, बजारीकरणको सही व्यवस्थापन नहुनु जस्ता कारणले उपभोक्ताले एकै ठाउँ चाहेको वस्तु नपाउने समस्या रहेकाे अवस्थामा मार्ट स्थापना भएको उनले बताएका छन् ।

मार्टमा बीउबिजन, मलखाद तथा कृषि उपकरण सुपथ मूल्यमा उपलब्ध गराउने, अर्गानिक तरकारी तथा फलफूल उपलब्ध गराउने, कृषि र भेटेनरिनरीसम्बन्धी परामर्श दिने, लोप हुँदै गएका स्थानीय परिकारका खाना उपलब्ध गराउने लक्ष्य र योजनाका साथ मार्ट सञ्चालनमा ल्याइएको दाबी गरिएकाे छ ।

मार्टले बीउबिजन खरिद तथा बिक्री, कृषि तथा भेटेरिनरी औजार उपकरण तथा मेसिनहरू बिक्री, ताजा तरकारी तथा फलफूल बिक्री, फ्रोजन मिट तथा माछा बिक्री, कृषि, वन तथा लघु उद्यम र घरेलु उद्योगबाट उत्पादित हस्तकलाका सामग्री पनि बिक्री गर्ने जनाएको छ।

दही चिउरा, खीर, फापरको रोटी, पहाडी अर्गानिक आलुको परिकार, केराको अचार र केराकफ मःम, टिमुरको अचार, पकौडा, सिन्कीको अचार, कुपिण्डोकफ मिठाई र ढिडोको स्वाद लिन पाइने छ।

मार्टमा डेरी तथा सुदूरपश्चिमका मौलिक र परम्परागत खाजा र खाना पाइने बताइएको छ ।  मार्टमा माणा, मासको बारा, मकै र कोदोको रोटी, सेल रोटी, ढिक्रीलगायतका परम्परागत सुदूरपश्चिमेली खाना र खाजाका परिकार पाइने छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑