मान्ममा कालिज उत्पादनअनुसारको बजार नहुँदा समस्या

मान्म, २३ मङ्सिर । नरहरिनाथ गाउँपालिकामा पहिलो पटक कालिज फार्म सञ्चालनमा आएको छ । नरहरिनाथ गाउँपालिका–३ माडेगाउँका युवाले आफ्नै व्यक्तिगत लगानीमा कालिज फार्म सञ्चालनमा ल्याएका हुन् । दैनिकजसो युवा विदेशिनेक्रम बढे पनि नरहरिनाथ गाउँपालिकाका युवाले सामूहिकरूपमा कालिज फार्म सञ्चालन गरेकाछन् । युवाको व्यक्तिगत सात लाखको लगानीमा कालिज फार्म सञ्चालनमा ल्याएका हुन् । 

सात जना युवाको सामूहिक लगानीमा कालिज फार्म सञ्चालन गरिएको छ । रोजगारीका लागि देश भारत र अन्य खाडी मुलुकमा जाने भएकाले उनीहरुलाई रोक्न र आफ्नै भूमिमा केही गर्न सकिन्छ भन्ने उदाहरण दिनका लागि कालिज फार्म सञ्चालनमा ल्याएको मालिका वाइल्ड लाइफ एग्रो फार्मका सञ्चालक धर्मप्रसाद उपाध्यायले बताए । उनले भने, “हामीले थोरै लगानीबाट सुरु गरेका हौँ तर उत्पादनअनुसारको बजार नहुँदा समस्या भएको छ ।” 

नरहरिनाथ गाउँपालिकामा फार्म भए पनि उत्पादन गरेअनुसारका कालिज बिक्रीका लागि बजारको समस्या भएको सञ्चालक उपाध्यायले बताए । “कालिजको मूल्य बढी छ, किनेर खानसक्ने आयस्रोत ग्रामीण भेगका नागरिकको छैन”, उनले भने, “त्यसैले उत्पादन गरेअनुसारको बजार नभएर खर्च बढेको छ ।” 

अहिले मालिका वाइल्ड लाइफ एग्रो फार्ममा १२० भन्दाबढी कालिज फार्ममा रहेका छन् । फार्ममा रहेका कालिजको प्रजनन समय सुरु भएकाले व्यवस्थापनका लागि समस्या भएको उपाध्यायको भनाइ छ । “अरु कुखुराले जस्तै चारो खाने र त्यसमा साना घाँस पनि खाने भएकाले कालिज पाल्न गाह्रो छैन”, उनले भने, “उडेर भाग्ने सम्भावनाका कारण वरिपरि घेरबार मात्र नभएर निश्चित उचाइमा आकाश ढाक्नेगरी जाली पनि लगाइएको छ ।”  सुर्खेतबाट पहिलो पटक प्रतिगोटा एक हजार मूल्यमा कालिजको चल्ला किनेको उपाध्यायले सुनाए । अहिले स्थानीय बजारमा एउटा कालिजको तीन हजार रुपैयाँ मूल्य पर्ने उपाध्यायले बताए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑