बैंकले सार्वजनिक गरेको योजनाअनुसार बाख्रापालन व्यवसायका लागि १० वर्षसम्मको कर्जा अवधि र स्थिर ब्याजदरको व्यवस्था गरिएको छ । यस योजनाले बाख्रापालनमा संलग्न किसान तथा व्यवसायीलाई दीर्घकालीन लगानी र व्यवसाय विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
योजनाले बाख्रापालनसँगै दूध तथा अन्य उत्पादनको संकलन, प्रशोधन, भण्डारण र बजारीकरणसम्मका गतिविधिलाई समेटेको छ । यसबाट पशुपालनमा आधारित उद्यमको विकास, उत्पादनको मूल्य अभिवृद्धि र बजार पहुँच विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कृषि विकास बैंकले ‘सबैको रोजाइको बैंक, साझा समृद्धिका लागि’ भन्ने नारासहित कृषि तथा पशुपालन क्षेत्रको व्यावसायीकरणलाई प्राथमिकता दिँदै आएको छ ।
मिटा कर्जासम्बन्धी थप जानकारीका लागि कृषि विकास बैंकको वेबसाइट adbl.gov.np वा फोन नम्बर ०१–५७२११६५ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।
2026-10-27-02-10-03.jpeg)





2026-10-18-05-10-50.jpeg)







प्रतिक्रिया थप्नुहोस्