Skip This

फोहोर र गुणस्तरहीन खानाको गुनासोपछि राजमार्गका २६ होटल स्तरीकरण

काठमाडौं, ३० असोज । सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई खाना तथा खाजा खुवाउने राजमार्गका होटल तथा रेस्टुरेन्टमा सरसफाइको कमी, बासी खाना, झिँगा भन्किने, न्यून गुणस्तरको खाना र अत्यधिक मूल्य लिने गरेको गुनासोपछि २६ होटल तथा रेस्टुरेन्टको स्तरीकरण गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चितवन र धादिङ जिल्लाका राजमार्ग क्षेत्रमा रहेका होटल तथा रेस्टुरेन्टको अनुगमन गरी स्तरीकरण गरेको हो । विभागले असोज २८ गते निरीक्षण टोली खटाएर होटल तथा रेस्टुरेन्टको अवस्था मूल्यांकन गरेको जनाएको छ ।

यात्रुबाट प्राप्त गुनासो सम्बोधन गर्न पूर्वाधार विकास मन्त्रालयमा सम्बन्धित निकायबीच छलफल भएको थियो । त्यसपछि यातायात व्यवस्था विभागले असोज २७ गते जारी गरेको सूचना कार्यान्वयन गर्ने क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा २६ होटल तथा रेस्टुरेन्टमध्ये १४ वटाले सन्तोषजनक स्तर प्राप्त गरेका छन् भने १२ वटा सामान्य स्तरमा वर्गीकृत भएका छन् । सन्तोषजनक स्तर प्राप्त गर्ने होटल तथा रेस्टुरेन्टले एक तारासहितको हरियो स्टिकर (सी) पाएका छन् । सामान्य स्तरमा वर्गीकृत होटल तथा रेस्टुरेन्टलाई पहेँलो स्टिकर (डी) दिइएको छ ।

विभागका अनुसार खाद्य स्वच्छताका आधारमा होटल तथा रेस्टुरेन्टलाई अति उत्तम (ए), उत्तम (बी), सन्तोषजनक (सी) र सामान्य (डी) गरी चार वर्गमा स्तरीकरण गरिन्छ ।

अनुगमनबाट सन्तोषजनक स्तर प्राप्त गरेका होटल तथा रेस्टुरेन्टमा समेत खाद्य स्वच्छता र सरसफाइलाई निरन्तर कायम राख्नु आवश्यक हुन्छ । यात्रुलाई सुरक्षित, स्वच्छ र गुणस्तरीय खाना उपलब्ध गराउने उद्देश्यले राजमार्गका होटल तथा रेस्टुरेन्टको अनुगमन र स्तरीकरण गरिएको हो ।

स्तरीकरण गरिएका होटल तथा रेस्टुरेन्टको सूची

हरियो स्टिकर (सी) — सन्तोषजनक स्तर

  • होटल तीनभाइ — बेनीघाट, रोराङ–३

  • रिभर विच रिसोर्ट प्रा.लि. — बेनीघाट, रोराङ–७

  • श्रवण होटल — बेनीघाट, रोराङ–३

  • चौँरी मेरी फुड ल्याण्ड प्रा.लि. — बेनीघाट, रोराङ–७

  • सगरमाथा होटल एण्ड रेस्टुरेन्ट — इच्छाकामना–३

  • हिलटप रेस्टुरेन्ट — बेनीघाट, रोराङ–३

  • होटल हङ्ग्री बर्ड एण्ड गेस्ट हाउस — बेनीघाट, रोराङ–३

  • श्रीनगर होटल — बेनीघाट, रोराङ–३

  • होटल राजधानी फास्टफुड एण्ड रेस्टुरेन्ट — बेनीघाट, रोराङ–३

  • ब्लुहेभन रेस्टुरेन्ट एण्ड बार — बेनीघाट, रोराङ–३

  • हिल्स एण्ड होराइजन रिसोर्ट प्रा.लि. — बेनीघाट, रोराङ–७

  • पिस हेवन रेस्टुरेन्ट एण्ड गेस्ट हाउस — बेनीघाट, रोराङ–३

  • पिस हेवन रेस्टुरेन्ट एण्ड गेस्टहाउस एण्ड रिसोर्ट — बेनीघाट, रोराङ–३

  • न्यू मुस्कान रेस्टुरेन्ट — इच्छाकामना–३

पहेँलो स्टिकर (डी) — सामान्य स्तर

  • लाङ्घाली होटल — इच्छाकामना–४

  • न्यू गोर्खाली स्टाफ होटल एण्ड तन्दुरी भोजनालय — बेनीघाट, रोराङ–९

  • गोर्खाली होटल एण्ड खानाघर — इच्छाकामना–४

  • सफल होटल — बेनीघाट, रोराङ–३

  • होटल हार्भेस्ट एण्ड रेस्टुरेन्ट प्रा.लि. — बेनीघाट, रोराङ–९

  • श्री न्यू नेपाल मार्क्रो खाना एण्ड खाजाघर — बेनीघाट, रोराङ–७

  • एभरेस्ट होटल एण्ड क्याफे — इच्छाकामना–३

  • बूढीगण्डकी हार्भे रेस्टुरेन्ट — बेनीघाट, रोराङ–५

  • चिरादेवी खाजा एण्ड भोजनालय — बेनीघाट, रोराङ–५

  • भद्रकाली होटल — गजुरी–२, मलेखु

  • आगमन होटल एण्ड लज — गजुरी–२, मलेखु

  • शुभलक्ष्मी होटल एण्ड रेस्टुरेन्ट — गजुरी–२, मलेखु

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑