महानगरपालिका नगर कार्यपालिकाको कार्यालय र महानगर प्रहरी बलले सूचना जारी गर्दै स्वदेशी फूल तथा मालाको बिक्री प्रवर्द्धन गर्न व्यवसायी र सर्वसाधारणलाई अनुरोध गरेको छ। प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूलमाला तथा सजावटका सामग्री बिक्री गरेको पाइएमा जफत गरिने सूचनामा उल्लेख छ।
महानगरले फूलमाला बिक्रीका लागि निम्न स्थान तोकेको छ। महानगरपालिकाले स्वदेशी फूलको उत्पादन र बजारीकरणलाई प्रोत्साहन गर्दै नेपाली किसानको उत्पादनलाई उपभोक्तासम्म पुर्याउने उद्देश्यले बिक्री स्थल निर्धारण गरेको जनाएको छ। महानगरले तिहारमा स्वदेशी फूलमाला प्रयोग गर्न र स्थानीय किसानलाई प्रोत्साहन गर्न पनि आग्रह गरेको छ।
बिक्री स्थलहरू:
नयाँ बानेश्वर: एनबी सेन्टर, आई प्लेक्स मल
शंखमूल: बिग मार्ट
मध्य बानेश्वर: सेल्सबेरी
बत्तीसपुतली: फोनिक्स टावर
तीनकुने: तीनकुने चोक
सिफल: सिफल चोक
चाबहिल: एसी कम्प्लेक्स, गणेशस्थान तरकारी बजार, केएल टावर अगाडि चेतना गृह
स्वयम्भू: धर्मचक्र पार्क
कालिमाटी: कालिमाटी ब्याङ्क्वेट, ढोडेल
कलंकी: भाटभटेनी
नयाँ बजार: स्याल्री कोल्ड स्टोर
माछापोखरी: बुद्ध मल, गुणस्तर खाद्य
हाँडीगाउँ: वडा नं. ५ भगवतीको डबली, गणेश मन्दिर डबली
सामाखुसी: कोइराला स्मार्ट
महाराजगञ्ज: सेल्सबेरी
गोंगबु: बिगमार्ट
चप्पल कारखाना: बिगमार्ट
बालुवाटार: बिगमार्ट
कमलादी: वडा नं. २८ स्थित आईटी बिल्डिङ
पुतलीसडक: वडा नं. २८ स्थित स्टार मल
अनामनगर: वडा नं. २९ स्थित भाटभटेनी
टेबहाल: मन्दिर परिसर
सुन्धारा: काठमाडौं मल
न्युरोड: बज्र कम्प्लेक्स, गुड मार्ट
लगन
जैसिदेवल
भृकुटीमण्डप




2026-03-23-10-03-05.jpeg)











प्रतिक्रिया थप्नुहोस्