ढोरपाटन, वैशाख १८ (बागलुङ) । ढोरपाटन नगरपालिकाले कृषि उत्पादन वृद्धि तथा किसानलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले ४८ जना किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरेको छ ।
नगरपालिकाका नौवटै वडामा व्यावसायिक खेती गर्दै आएका किसानलाई उक्त हलो उपलब्ध गराइएको हो । यान्त्रिक हलो खरिदका लागि नगरपालिकाले रु २४ लाख खर्च गरेको उपप्रमुख धनबहादुर कायतले जानकारी दिए ।
ढोरपाटन क्षेत्रमा आलु, सिमी लगायत विभिन्न सागसब्जी खेती हुँदै आएको छ । अनुदानमा यान्त्रिक हलो पाएपछि खेतीपाती गर्न सहज हुने भन्दै किसानहरूले खुसी व्यक्त गरेका छन् ।






2025-07-28-12-07-27.jpeg)









प्रतिक्रिया थप्नुहोस्