दमौली (तनहुँ), २५ मङ्सिर । भिमाद नगरपालिकाले दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहनस्वरूप प्रतिलिटर रु १० अनुदान दिने निर्णय गरेको छ । ‘दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२’ अनुसार अनुदान लागू गरिने जनाउँदै नगरप्रमुख दधिराज सुवेदीले रासससँग बताए ।
यस उद्देश्यका लागि नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्थाबीच सम्झौता भएको छ । सम्झौता अनुसार दूध उत्पादन गर्ने किसानलाई सहकारी संस्थामार्फत अनुदान रकम वितरण गरिनेछ ।
नगरपालिकाले दूधको मूल्यसमेत नयाँ दरका साथ तोकेको छ । भदौ १ गतेदेखि माघ मसान्तसम्म लागि खरिद मूल्य प्रतिलिटर रु ११०, थोक बिक्री मूल्य रु १२० र खुद्रा बिक्री मूल्य रु १३० निर्धारण गरिएको छ । त्यस्तै, फागुन १ गतेदेखि साउन मसान्तसम्मका लागि खरिद मूल्य रु ११५, थोक मूल्य रु १३० र खुद्रा मूल्य रु १४० तोकिएको नगरपालिकाले जनाएको छ ।






2025-07-28-12-07-27.jpeg)









प्रतिक्रिया थप्नुहोस्