काठमाडौं, २९ साउन। कागेश्वरी मनाेहरा वडा न ८ गोठाटार कृष्णमन्दिर नजिक लभडाँडामा यँही आउदो ३० गते देखि डुकाउ (लवडाँडा) फिस टनेल एक्सपो एवं साँस्कृति ब्यापार महोत्सव २०८२ हुने भएको छ ।
संयुक्त नेपाल मेला महोत्सव प्रालिको आयोजनामा काठमाडौंमा पहिलो पटक फिस टनेल (Fish Tunnel) मा एक हजार भन्दा धेरै समुद्री माछा हेर्न पाइने छ । यँही साउन ३० गते देखि भदौ २१ गतेसम्म गोठाटार कृष्णमन्दिर नजिक लभडाँडामा डुकाउ फिस टनेल एक्सपो एवं सांस्कृतिक व्यापार महोत्सव हुने भएकाे हाे ।
उक्त एक्सोपा काठमाडौंमै पहिलो पटक विभिन्न किसिमका १००० धन्दा धेरै सामुद्रिक माछा टनेलमा छिरेर हेर्न पाइने गरी माछाहरुलाई एक्सपोमा राखिने छ जसमा यो नेपालमा पहिलो एक्सपो र यो महिना पछि अन्तिम पनि हुने आयोजकले आज एक पत्रकार सम्मेलन गरी जानकारी दिए ।
काम र व्यस्तताको बावजुद, काठमाडौँको भिडभाडबाट केही क्षणको लागि भएपनि उक्त महोत्सवमा गएर अन्डरवाटर एकाेरियमको मज्जा पनि लिन सकिनेछ। महोत्सवमा हरेक दिन राष्ट्रिय स्तरका कलाकारहरुको विशेष साँस्कृतिक प्रस्तुती समेत रहनेछ । महोत्सवमा विभिन्न खालका खेल सामग्रीहरू पिङहरू सुनामी पिङ लगायत आधुनिक खेलहरुको मज्जा लिन पाइने ।
साउन ३० गते देखि भदौ २१ गतेसम्म चल्ने डुकाउ फिस टनेल एक्सपो एवं सांस्कृतिक व्यापार महोत्सव २०८२ मा बालबालिकाका विभिन्न खेल सामग्री तथा १०० भन्दा धेरै सपिङ स्टल रहेकाे आयोजक दिपक दाहालले जानकारी गराए।
अब सपिङ, विभिन्न खेलकुद एकै ठाउँमा । स्थानीय व्यापार प्रवर्द्धनका लागि २५% सम्म छुटमा सामानहरू बिक्री वितरण गरिनेछ। व्यापार तथा पर्यटन प्रवर्द्धनको लागि यो महोत्सवले निकै सहयोग गर्नेछ भन्ने अपेक्षा गरिएको छ।















प्रतिक्रिया थप्नुहोस्