मधेसमा गहुँ उत्पादन घट्यो, प्रतिकूल मौसम र सिँचाइ अभाव मुख्य कारण

जनकपुरधाम, ८ असार । देशको प्रमुख गहुँ उत्पादन क्षेत्र मानिने मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादन उल्लेख्य रूपमा घटेको छ । प्रतिकूल मौसम, रोग–कीराको प्रकोप, सिँचाइ सुविधाको अभाव तथा गुणस्तरीय बीउबिजनको कमीका कारण उत्पादनमा ह्रास आएको कृषि अधिकारीहरूले बताएका छन् ।

मधेस प्रदेश कृषि निर्देशनालय, नक्टाझिज धनुषाका अनुसार चालु आर्थिक वर्षमा प्रदेशभर तीन लाख ७३२ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएको थियो । उक्त क्षेत्रफलबाट प्रतिहेक्टर औसत १.८ मेट्रिक टन उत्पादनका दरले कुल पाँच लाख ४३ हजार १६० मेट्रिक टन गहुँ उत्पादन भएको छ । अघिल्लो वर्ष भने एक लाख ७८ हजार ४३३ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३.३७ मेट्रिक टन उत्पादनका दरले सात लाख ३१ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।

निर्देशनालयका बागबानी विकास अधिकृत किरण विश्वकर्माका अनुसार यस वर्ष सबैभन्दा बढी गहुँ उत्पादन धनुषा जिल्लामा भएको छ । धनुषामा ३३ हजार ५०० हेक्टर क्षेत्रफलमा खेती गरिएको गहुँबाट प्रतिहेक्टर २.९४ मेट्रिक टनका दरले ९८ हजार ४९० मेट्रिक टन उत्पादन भएको छ ।

त्यसैगरी, रौतहटमा १७ हजार २९२ हेक्टर क्षेत्रफलबाट ५२ हजार ७४१ मेट्रिक टन, सर्लाहीमा २७ हजार ४०० हेक्टरबाट ६९ हजार ५९६ मेट्रिक टन तथा महोत्तरीमा २७ हजार हेक्टरबाट ७२ हजार ८०० मेट्रिक टन गहुँ उत्पादन भएको छ ।

सप्तरीमा २९ हजार ४०० हेक्टर क्षेत्रफलबाट ८२ हजार ३२० मेट्रिक टन, बारामा २९ हजार हेक्टरबाट ७१ हजार ९२० मेट्रिक टन, पर्सामा २३ हजार २० हेक्टरबाट ५९ हजार ८५२ मेट्रिक टन तथा सिरहामा १४ हजार १७६.४८ हेक्टर क्षेत्रफलबाट ३५ हजार ४४१ मेट्रिक टन गहुँ उत्पादन भएको निर्देशनालयले जनाएको छ ।

मधेस प्रदेश कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादवले मौसमीय प्रतिकूलता, रोग–कीराको बढ्दो असर, पर्याप्त सिँचाइ सुविधाको अभाव र गुणस्तरीय बीउबिजनको कमीका कारण यस वर्ष गहुँ उत्पादनमा कमी आएको बताए। उनले उत्पादन वृद्धि गर्न आधुनिक प्रविधिको प्रयोग, सिँचाइ पूर्वाधार विस्तार तथा उन्नत बीउको उपलब्धता सुनिश्चित गर्न आवश्यक रहेको उल्लेख गरे ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑