Skip This

कालीमाटीमा महँगियो हरियो तरकारी, पार्सलेको मूल्य किलोमै २६ सय

काठमाडौं, २ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजारमा सिताके च्याउको औसत थोक मूल्य प्रतिकिलो ९ सय रुपैयाँ पुगेको छ । बजारमा उपलब्ध विभिन्न फलफूल, तरकारी तथा मसलाजन्य वस्तुको मूल्यसूचीअनुसार पार्सलेको मूल्य सबैभन्दा महँगो देखिएको छ । पार्सले प्रतिकिलो औसत २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बजारमा च्याउमध्ये कन्य च्याउ प्रतिकिलो औसत २४० रुपैयाँ, डल्ले च्याउ ३४० रुपैयाँ र राजा च्याउ २९० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, कुरिलो प्रतिकिलो ७५० रुपैयाँ, पुदीना ६५० रुपैयाँ र सेलरी ४५० रुपैयाँ कायम भएको छ ।

तरकारीतर्फ भिण्डी र राजमा घिउ सिमी प्रतिकिलो औसत १२५ रुपैयाँमा कारोबार भइरहेका छन् । मटरकोशा र बोडी (तने) प्रतिकिलो क्रमशः ९५ र ८५ रुपैयाँ रहेको छ । घिउ सिमी लोकलको औसत मूल्य ७५ रुपैयाँ, हाइब्रीडको ५५ रुपैयाँ ७१ पैसा र टाटे सिमीको ६५ रुपैयाँ रहेको छ ।

त्यस्तै, तितो करेला प्रतिकिलो ८५ रुपैयाँ, लौका ६५ रुपैयाँ, परवर लोकल ७५ रुपैयाँ र तराई परवर ९५ रुपैयाँमा कारोबार भइरहेको छ । हरियो फर्सी प्रतिकिलो औसत २५ रुपैयाँ र स्कुस २० रुपैयाँमा उपलब्ध छ ।

सागपाततर्फ पालुंगो र मेथीको साग प्रतिकिलो औसत १२५ रुपैयाँ, चमसुरको साग १२५ रुपैयाँ, रायो साग ६० रुपैयाँ र तोरीको साग ४० रुपैयाँ रहेको छ । हरियो प्याज प्रतिकिलो १७५ रुपैयाँ पुगेको छ ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो औसत ३२५ रुपैयाँ, जुम्लाको स्याउ २७५ रुपैयाँ र मुस्ताङको स्याउ २२५ रुपैयाँ रहेको छ । अनार प्रतिकिलो ३५० रुपैयाँ, कागती २५० रुपैयाँ, किवी २५० रुपैयाँ र स्ट्रबेरी ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, नेपाली सुन्तला प्रतिकिलो ९५ रुपैयाँ, नेपाली केरा प्रतिदर्जन १२५ रुपैयाँ, नेपाली मेवा ५५ रुपैयाँ र ड्रागन फ्रुट ४५० रुपैयाँ रहेको छ ।

मसलाजन्य वस्तुमा सुकेको खुर्सानी प्रतिकिलो औसत ५३० रुपैयाँ, हरियो अकबरे खुर्सानी १७५ रुपैयाँ, हरियो धनियाँ ७८ रुपैयाँ ७५ पैसा र सुकेको नेपाली तथा चाइनिज लसुन २४२ रुपैयाँ ५० पैसा रहेको छ ।

माछातर्फ सुकेको माछा प्रतिकिलो औसत ९ सय रुपैयाँ, ताजा रहु माछा ३५५ रुपैयाँ, बचुवा माछा ३१५ रुपैयाँ र छडी माछा ३३५ रुपैयाँमा कारोबार भइरहेको कालीमाटी बजारको मूल्यसूचीमा उल्लेख छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑