Skip This

बन्दागोभीदेखि प्याजसम्मका नमुनामा विषादीको मात्रा सुरक्षित

काठमाडौँ, ४ मङ्सिर । राष्ट्रिय बाली संरक्षण तथा विषादी व्यवस्थापन केन्द्रअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले परीक्षण गरेका १० वटा तरकारीका नमुनामा विषादीको मात्रा उपभोगयोग्य सीमाभित्र रहेको पाइएको छ ।

प्रयोगशालाले मङ्सिर ४ गते गरेको परीक्षणमा सबै नमुनामा रहेको कार्बामेट र अर्गानोफस्फेट समूहका विषादीको अवशेष तोकिएको सुरक्षित सीमाभित्र रहेको जनाएको छ ।

परीक्षण गरिएका नमुनामा बन्दागोभी, भान्टा, काउली, भेडेखुर्सानी, गोलभेँडा, हरियो फर्सी, खुर्सानी, आलु र प्याज रहेका छन् । ती नमुना काठमाडौँ, धादिङ, गोरखा, चितवन तथा भारतबाट सङ्कलन गरिएका थिए ।

प्रयोगशालाको प्रतिवेदनअनुसार सबै १० नमुना उपभोगयोग्य रहेको उल्लेख छ । परीक्षणमा कार्बामेट र अर्गानोफस्फेट समूहका विषादीको अवशेष विश्लेषण गरिएको थियो ।

प्रतिवेदनमा विषादी अवशेषको मात्रा ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गर्नुपर्ने र ४५ प्रतिशतभन्दा बढी भए विसर्जन गर्नुपर्ने व्यवस्था उल्लेख गरिएको छ ।

प्रयोगशालाले परीक्षणको नतिजा आवश्यक जानकारी तथा कारबाहीका लागि राष्ट्रिय बाली संरक्षण तथा विषादी व्यवस्थापन केन्द्र र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई पठाएको जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑