कञ्चनपुरमा धान खेतीका लागि डिएपी मलको अभाव, किसान प्रभावित

कञ्चनपुर, २ असार । जिल्लामा धान खेतीको सिजन सुरु भएसँगै डिएपी मलको अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरका अनुसार सहकारीमार्फत किसानलाई मल वितरण भइरहेको भए पनि डिएपी मल पर्याप्त मात्रामा उपलब्ध हुन सकेको छैन ।

शाखा प्रबन्धक हेमराज जोशीका अनुसार हालसम्म जिल्लामा ४५० मेट्रिक टन डिएपी र ५०० मेट्रिक टन युरिया मल बिक्री तथा वितरण भइसकेको छ । उनका अनुसार मौज्दात रहेको मल १५० सहकारीमार्फत किसानसम्म पुर्‍याउने काम भइरहेको छ । “कञ्चनपुरमा प्रत्येक वर्ष गहुँ र धान खेतीका लागि करिब १०–१० हजार मेट्रिक टन डिएपी र युरिया मल आवश्यक पर्छ,” जोशीले बताए ।

कृषि सामग्री कम्पनी लिमिटेडले डिएपी मल प्रतिबोरा रु २ हजार ३९४ र युरिया मल रु ९४४ मा बिक्री गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार जिल्लाभर सहकारीमार्फत मात्र मल वितरण भइरहेको छ ।

जोशीका अनुसार मल अभावको समस्या देशव्यापी रूपमा देखिएको छ भने सुदूरपश्चिम प्रदेशको कोटा तुलनात्मक रूपमा कम भएकाले समस्या अझ बढी भएको हो ।

उनले वार्षिक करिब ४०० मेट्रिक टन मल अपुग हुने गरेको बताए । साथै, खुला सीमाका कारण केही स्थानमा भारतबाट समेत फाटफुट रूपमा मल आयात हुने गरेको उल्लेख गरिएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै