दसैँ सकिएलगत्तै हुम्लामा बाली भित्र्याउने चटारो, खेतमा किसानको दौडधुप

सिमकोट, असोज २७ । बडादसैँ सकिएलगत्तै हुम्लाका किसान खेतबारीमा व्यस्त भएका छन् । चाडपर्वको माहोल मन्दिँदै जाँदा अब गाउँगाउँमा बाली भित्र्याउने चटारो सुरु भएको छ ।
दसैँ सकिएपछि मौसम सफा भएको फाइदा उठाउँदै किसानहरूले फापर, चिनो, सिमी, कोदो र कागुनो जस्ता अन्नबाली काटेर घर भित्र्याउन थालेका छन् । सिमकोट गाउँपालिका–५ का किसान मुक्ति रावतका अनुसार अधिकांश बाली भित्र्याइसकेका छन् । “अब हिउँदका लागि गाईवस्तुको घाँस मात्र काट्न बाँकी छ,” मुक्ति रावतले भने, 

खार्पुनाथ, सर्केगाड, चङ्खेली, ताँजकोट, अदानचुली र नाम्खा गाउँपालिकाका किसान पनि खेतमै व्यस्त छन् । माथिल्लो हुम्लामा चिनो, फापर, कागुनो, कोदो, सिमी, भटमास र आलु पाकिसकेका छन् र अहिले तिनै बाली थन्क्याउने काम चलिरहेको छ ।

खार्पुनाथकी प्रगति रोकायले भनिन्, “बाली ढिलो भित्र्याउँदा जनावर खेतबारीमा पस्ने डर हुन्छ, त्यसैले किसान दिनरात खेतमै छन् ।”
यसपटक दसैँ चाँडै परेको र मौसम अनुकूल भएकाले तल्लो हुम्लाका किसानलाई बाली भित्र्याउन सहज भएको छ । खेतमा बाली झर्ने जोखिम भएकाले किसानहरू बेलैमा काम सकाउन दौडधुपमा छन् ।

सिमकोट–२ की गौरी बोहराका अनुसार अहिले गाउँभर कामको चटारो छ । “पहिले चिनो, फापर, कागुनो र सिमी भित्र्याउँछौं, त्यसपछि मकै, कोदो, आलु र धान काट्ने पालो आउँछ,” गौरी बोहराले,भनिन् । दसैँपछि सुरु भएको यो कृषक व्यस्तता अब करिब एक महिना लामो रहने अनुमान गरिएको छ । किसानहरूले यसपटक बाली उत्पादन सन्तोषजनक भएको बताएका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै