आलुतर्फ रातो लाम्चो आलु प्रतिकिलो ४८ देखि ५१ रुपैयाँ, रातो गोलो आलु ४८ देखि ५३ रुपैयाँ, रातो मुडे आलु ४८ देखि ५३ रुपैयाँ, भारतीय रातो आलु ३८ देखि ४० रुपैयाँ र सेतो आलु ३५ देखि ३८ रुपैयाँसम्म रहेको छ । सुकेको भारतीय प्याज प्रतिकिलो ७५ देखि ७८ रुपैयाँमा कारोबार भइरहेको छ ।
तरकारीमध्ये स्थानीय गाजर प्रतिकिलो १०० देखि १२० रुपैयाँ र तराईको गाजर ७० देखि ८० रुपैयाँसम्म रहेको छ । स्थानीय काउली ९० देखि ११० रुपैयाँ, बन्दा ४० देखि ५० रुपैयाँ तथा रातो मूला २० देखि ३० रुपैयाँसम्म रहेको छ ।
हरियो तरकारीतर्फ बोडी प्रतिकिलो ८० देखि ९० रुपैयाँ, मकै बोडी १०० देखि १२० रुपैयाँ, स्थानीय घिउ सिमी ८० देखि १०० रुपैयाँ, टाटे सिमी ७० देखि ८० रुपैयाँ र भटमासकोशा १०० देखि १३० रुपैयाँसम्म रहेको छ । करेला ४० देखि ५० रुपैयाँ, लौका ५० देखि ६० रुपैयाँ तथा भिण्डी ५० देखि ६० रुपैयाँसम्म रहेको छ ।
सागमध्ये रायोको साग प्रतिकिलो १०० देखि १५० रुपैयाँ, पालुङ्गो साग २०० देखि २५० रुपैयाँ, तोरीको साग ८० देखि १२० रुपैयाँ र हरियो प्याज १०० देखि १५० रुपैयाँसम्म रहेको छ ।
च्याउतर्फ कन्य च्याउ प्रतिकिलो २४० देखि २८० रुपैयाँ, डल्ले च्याउ ४०० देखि ४५० रुपैयाँ, राजा च्याउ ३०० देखि ३३० रुपैयाँ र सिताके च्याउ ८०० देखि १ हजार रुपैयाँसम्म रहेको छ । पार्सले सबैभन्दा महँगो हरियो तरकारीमध्ये देखिएको छ, जसको मूल्य प्रतिकिलो १ हजार ४०० देखि १ हजार ५०० रुपैयाँसम्म रहेको छ ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो २८० देखि ३०० रुपैयाँ, नेपाली केरा दर्जनको २५० देखि ३०० रुपैयाँ, मालभोग केरा १८० देखि २०० रुपैयाँ, कागती २२० देखि २८० रुपैयाँ र अनार ३०० देखि ३५० रुपैयाँसम्म रहेको छ ।
त्यस्तै मालदह आँप प्रतिकिलो २५० देखि २८० रुपैयाँ, चोसा आँप २३० देखि २५० रुपैयाँ, जुनार २७० देखि ३०० रुपैयाँ, किवी ३५० देखि ४०० रुपैयाँ, एभोकाडो ३५० देखि ४०० रुपैयाँ र ड्रागन फ्रुट ४०० देखि ५०० रुपैयाँसम्म रहेको छ ।
मसलाजन्य वस्तुमा अदुवा प्रतिकिलो २०० देखि २३० रुपैयाँ, सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ, हरियो अकबरे खुर्सानी २०० देखि २५० रुपैयाँ, हरियो धनियाँ २५० देखि ३५० रुपैयाँ र चाइनिज सुकेको लसुन २०० देखि २३० रुपैयाँसम्म रहेको छ ।
माछातर्फ सुकेको माछा प्रतिकिलो ८०० देखि १ हजार रुपैयाँ, ताजा रहु ३४० देखि ३७० रुपैयाँ, बचुवा ३०० देखि ३४० रुपैयाँ र छडी माछा ३२० देखि ३५० रुपैयाँसम्म रहेको छ ।






प्रतिक्रिया थप्नुहोस्