दश महिनामा विभिन्न दुग्धजन्य पदार्थ बिक्रीमार्फत रु ६ करोड राजस्व संकलन

कैलाली, २२ जेठ । दुग्ध विकास संस्थानअन्तर्गत सञ्चालित धनगढी दुग्ध वितरण आयोजनाले चालु आर्थिक वर्षको पहिलो १० महिनामा रु छ करोड राजस्व संकलन गरेको छ ।

धनगढी उपमहानगरपालिका-१५ कनरीस्थित आयोजनाले सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डडेल्धुराका विभिन्न सहकारी संस्था तथा निजी फर्मबाट दूध सङ्कलन गर्दै आएको छ । सङ्कलित दूध प्रशोधन गरी पनिर, आइसक्रिमलगायत विभिन्न दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्रीमार्फत उक्त राजस्व प्राप्त भएको आयोजनाका प्रमुख निराजन भट्टराईले जानकारी दिए ।

आयोजनाबाट उत्पादित दुग्धजन्य सामग्री धनगढी, अत्तरिया, डडेल्धुरा, दिपायल र टीकापुरलगायतका बजारमा बिक्री वितरण हुँदै आएको छ । स्थानीय बजारमा दुग्धजन्य वस्तुको माग बढ्दै जाँदा आयोजनाको कारोबारसमेत विस्तार भइरहेको जनाइएको छ ।

हाल आयोजनाले दैनिक करिब तीन हजार ५०० लिटर दूध सङ्कलन गरिरहेको छ । दूध सङ्कलनलाई सहज बनाउन कञ्चनपुरको बेलौरी तथा कैलालीको लम्कीस्थित गुलरा र टीकापुरको वसन्तामा आफ्नै सङ्कलन केन्द्र सञ्चालनमा रहेका छन् ।

आयोजनाले स्थानीय किसान तथा दुग्ध उत्पादकसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै दूध उत्पादन र बजार विस्तारमा जोड दिएको जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै