काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न तरकारी, फलफूल, मसला, च्याउ तथा माछाको मूल्य सार्वजनिक गरिएको छ । बजारमा गाजर, बन्दा, काउली, मूला, भन्टा, सिमी, करेला, लौका, परवरलगायतका तरकारी बिक्री भइरहेका छन् ।
सार्वजनिक मूल्यसूचीअनुसार लोकल गाजर प्रतिकिलो औसत १३० रुपैयाँ र तराई गाजर ९५ रुपैयाँ रहेको छ। लोकल बन्दा ५५ रुपैयाँ, स्थानीय काउली ९५ रुपैयाँ, रातो मूला ३५ रुपैयाँ र हाइब्रीड सेतो मूला ५५ रुपैयाँ प्रतिकिलो औसत मूल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै, लाम्चो भन्टा ५५ रुपैयाँ, डल्लो भन्टा ६५ रुपैयाँ, तने बोडी ११० रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, लोकल तथा हाइब्रीड घिउ सिमी ८५ रुपैयाँ र टाटे सिमी ७५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम छ । भटमासकोशा १७५ रुपैयाँ, तितो करेला ९५ रुपैयाँ, लौका ८१.२५ रुपैयाँ र परवर लोकल तथा तराई दुवै ९५ रुपैयाँ प्रतिकिलो रहेको छ ।
चिचिण्डो २५ रुपैयाँ, घिरौला ७८.३३ रुपैयाँ, झिगूनी ६५ रुपैयाँ, पाकेको फर्सी ६५ रुपैयाँ, लाम्चो हरियो फर्सी ८५ रुपैयाँ र डल्लो हरियो फर्सी ५५ रुपैयाँ प्रतिकिलो औसत मूल्यमा बिक्री भइरहेको छ। भिण्डी र सखरखण्डको औसत मूल्य ९५ रुपैयाँ तथा पिंडालू ६५ रुपैयाँ रहेको छ। स्कूसको औसत मूल्य भने २१.२५ रुपैयाँ प्रतिकिलो छ ।
सागसब्जीतर्फ रायो साग १०० रुपैयाँ, पालुङ्गो साग ११५ रुपैयाँ, चमसूरको साग १७५ रुपैयाँ, तोरीको साग ६५ रुपैयाँ र जिरीको साग १२५ रुपैयाँ प्रतिकिलो औसत मूल्यमा कारोबार भइरहेको छ। हरियो प्याज २२५ रुपैयाँ प्रतिकिलो रहेको छ ।
च्याउतर्फ कन्य च्याउको औसत मूल्य २२३.३३ रुपैयाँ, डल्ले च्याउ ४२५ रुपैयाँ, राजा च्याउ ३१७.५० रुपैयाँ र सिताके च्याउ ९०० रुपैयाँ प्रतिकिलो रहेको छ । कुरिलो ५५० रुपैयाँ, न्यूरो ९५ रुपैयाँ र ब्रोकाउली २२५ रुपैयाँ प्रतिकिलो रहेको छ ।
फलफूलतर्फ फुजी स्याउको औसत मूल्य ३२५ रुपैयाँ, जुम्लाको स्याउ ३०० रुपैयाँ र मुस्ताङको स्याउ १४५ रुपैयाँ प्रतिकिलो रहेको छ । नेपाली केरा प्रतिदर्जन १७५ रुपैयाँ र मालभोग केरा १२५ रुपैयाँ छ । कागती २५० रुपैयाँ, अनार ३२५ रुपैयाँ, मौसम र जुनार १७५–१७५ रुपैयाँ तथा किवी ३७५ रुपैयाँ प्रतिकिलो रहेको छ ।
त्यस्तै, नेपाली ड्रागन फ्रुटको औसत मूल्य ५५० रुपैयाँ प्रतिकिलो, आभोकाडो ३२५ रुपैयाँ, अम्बा १७५ रुपैयाँ, लप्सी ५५ रुपैयाँ र अमला ९० रुपैयाँ प्रतिकिलो रहेको छ ।
मसला तथा अन्य वस्तुतर्फ अदुवाको औसत मूल्य २१५ रुपैयाँ, सुकेको खुर्सानी ५२५ रुपैयाँ, हरियो लाम्चो, बुलेट र माछे खुर्सानी ९५–९५ रुपैयाँ तथा अकबरे खुर्सानी १५६.२५ रुपैयाँ प्रतिकिलो रहेको छ । हरियो लसुन २७५ रुपैयाँ, हरियो धनिया १३७.५० रुपैयाँ, चाइनिज सुकेको लसुन २३८.३३ रुपैयाँ र नेपाली सुकेको लसुन २१६.६७ रुपैयाँ प्रतिकिलो रहेको छ ।
माछातर्फ सुकेको माछाको औसत मूल्य ९०० रुपैयाँ प्रतिकिलो छ। ताजा रहु माछा ३५५ रुपैयाँ, बचुवा ३२० रुपैयाँ र छडी माछा ३३५ रुपैयाँ प्रतिकिलो औसत मूल्यमा बिक्री भइरहेको मूल्यसूचीमा उल्लेख छ ।
















प्रतिक्रिया थप्नुहोस्