श्रावणमा तरकारी तथा फलफूलका पाँच हजार ४२२ नमुना विषादी परीक्षण

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा विभाग मातहतका कार्यालय र नाकास्थित खाद्य आयात-निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूले श्रावण महिनामा तरकारी तथा फलफूलमा विषादी परीक्षण गरेका छन् ।

विभागका अनुसार आर्थिक वर्ष २०८३/८४ को साउन १ गतेदेखि ३१ गतेसम्म द्रुत विषादी परीक्षण विधि (RBPR) तथा ग्यास क्रोमाटोग्राफी मास स्पेक्ट्रोमेट्री–मास स्पेक्ट्रोमेट्री (GCMS-MS) विधिबाट परीक्षण गरिएको हो ।

उक्त अवधिमा कुल ५ हजार ४२२ नमुना परीक्षण गरिएको विवरण सार्वजनिक गरिएको छ । जसमध्ये RBPR विधिबाट ५ हजार ४२२ नमुना परीक्षण गर्दा ५ हजार ४१८ नमुना अनुकूल र ४ नमुना प्रतिकूल भेटिएका छन् ।

विभागले तरकारी तथा फलफूलमा गरिएको जीवनाशक विषादी परीक्षणको नतिजा सार्वजनिक गर्दै सम्बन्धित सबैको जानकारीका लागि विवरण जारी गरेको जनाएको छ ।

विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले २०८३ भदौ ४ गते उक्त विवरण सार्वजनिक गरेका हुन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै