बैंकले सार्वजनिक गरेको योजनाअनुसार बाख्रापालन व्यवसायका लागि १० वर्षसम्मको कर्जा अवधि र स्थिर ब्याजदरको व्यवस्था गरिएको छ। यस योजनाले बाख्रापालनमा संलग्न किसान तथा व्यवसायीलाई दीर्घकालीन लगानी र व्यवसाय विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
योजनाले बाख्रापालनसँगै दूध तथा अन्य उत्पादनको संकलन, प्रशोधन, भण्डारण र बजारीकरणसम्मका गतिविधिलाई समेटेको छ। यसबाट पशुपालनमा आधारित उद्यमको विकास, उत्पादनको मूल्य अभिवृद्धि र बजार पहुँच विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कृषि विकास बैंकले ‘सबैको रोजाइको बैंक, साझा समृद्धिका लागि’ भन्ने नारासहित कृषि तथा पशुपालन क्षेत्रको व्यावसायीकरणलाई प्राथमिकता दिँदै आएको छ।
मिटा कर्जासम्बन्धी थप जानकारीका लागि कृषि विकास बैंकको वेबसाइट adbl.gov.np वा फोन नम्बर ०१–५७२११६५ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।
















प्रतिक्रिया थप्नुहोस्