नामियाद्वारा भोटेकोशी बाढीपीडितका लागि थप १ लाख १६ हजार सहयोग

काठमाडौं । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)ले भोटेकोशी बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा थप १ लाख १६ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।

रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि संघले दोस्रो चरणमा उक्त रकम सहयोग गरेको हो । यसअघि संघले पहिलो चरणमा ५ लाख ११ हजार २३८ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो ।

संघका महासचिव अर्जुन लुइँटेलका अनुसार विपद्का समयमा सदस्यहरूबाट स्वस्फूर्त रूपमा संकलित रकममध्ये पहिलो चरणको सहयोगपछि थप रकम संकलन गरी कोषमा जम्मा गरिएको हो । उनले राहत तथा सहयोग अभियानलाई निरन्तरता दिइने बताए ।

संघका अध्यक्ष कृष्ण शर्माले बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना स्थानीय सदस्यहरूलाई उद्धार तथा राहत कार्यमा प्रत्यक्ष सहभागी हुन आग्रह गरिएको बताए। उनका अनुसार सदस्यहरू स्थानीयस्तरमा उद्धार तथा राहत टोलीसँग समन्वय गरी सहयोगमा जुटिरहेका छन् ।

चीनको तिब्बत क्षेत्रबाट भदौ १० गते आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघ नेपालमा कृषि यन्त्र तथा प्रविधि व्यवसायमा संलग्न व्यवसायीहरूको छाता संगठन हो ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑