सिन्धुली, २७ फागुन । कन्दमूल तरकारी विकास केन्द्र सिन्धुलीले कन्दमुल जातका तरकारी संरक्षण गरी किसानलाई उचित मूल्यमा वितरण गर्न सुरुवात गरेको छ । किसानलाई केन्द्रले सरकारी दर रेट मै कन्दमुल जातका तरकारी उपलब्ध गराई रहेको जनाएको छ ।
कन्दमुल जातका तरकारीहरु पीडालु, काउली, गोलभेँडा, तरुल लगायत तरकारीहरुको बीउ उत्पादन गरी कृषक तथा सहकारीहरुलाई उपलब्ध गराउने गरेकोे केन्द्रका प्राविधिक सहायक कृषि अधिकृत फ्युजन सिंहले बताए ।
भुइकटहर, सिजनल तरकारी बाली सिर्जना जातको गोलभेडा बीउको रुपमा विकास गरेको उनले वताए । यसका साथै अदुवा र सिमल तरुल पनि उपलब्ध गराउदै आएको छ । त्यसैगरी गोलन्जोर गाउपालिका स्थित उच्च पहाडी कृषि सहकारी संस्थाले सकरखण्ड र लहरे आँपको उत्पादन गर्दै आएको संस्थाका अध्यक्ष टेकबहादुर थापाले बताए ।
थापाले सकरखण्डको विभिन्न परिकारहरु जुस, चिप्स, पिठो, चकलेट बनाउन मिल्ने गरी प्रशोधन गर्न लागिरहेको वताए । उक्त बालीहरु टुसारो भन्दा मूनि समुन्द्री सतहभन्दा माथि उष्ण प्रदेशीय बाली हुने ठाउँमा खेती गर्न सकिने उनको भनाई छ ।
थापाले काठमाडौ लगायत देशका अन्य शहरहरुमा पठाउने योजना रहेको र उक्त योजनालाई कृषि अनुसन्धान विकास कोषले अनुदान सहयोग उपलब्ध गर्दै आएको र सहकारीले हाल दुई विगाह जमिनमा लगाइएको उक्त सखरखण्ड ४ सय १ घर परिवारले १ देखि २ रोपनी जमिनमा खेती गरिरहेको बताए ।
उक्त खेतीका लागि मंसीर, पुस, माघ बाहेक अरु जुन सुकै महिनामा लगाउन सकिने बताए । साथै र प्यासन पु्रmट (लहरे आँप) को पनि उत्पादन गरी बजारमा वजारीकरण गरीरहेको उनले वताए ।
प्यासन फु्रट विशेष गरी जुसको रुपमा प्रयोग गर्न सकिने र राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सके देशको अर्थतन्त्रमा योगदान पुग्ने उनले वताए । सखर खण्ड उर्जाको राम्रो स्रोत हो । आयुर्वेदका अनुसार जाडोमा यो वढी लाभदायक हुन्छ । सखरखण्डमा फाईवर, एन्टिअक्सिडेन्ट, क्यौरोटिनायड, भिटामिन ए भिटा क्यारोटीन प्रशस्त मात्रामा पाईन्छ ।
साथै उक्त सहकारीले पिठो वनाई १ हजार रुपयाँ मा प्रतिकिलो ग्राम विक्री गरीरहेका छ । १ रोपनी वरावर खेती गरे ५ देखी ८ क्युन्टर उत्पादन हुने संस्थाले जनाएको छ । पहिला सखरखण्डलाई माघे साङक्रिन्तीको दिन मात्रै उपभोक्तहरुले खाने र अरु समयमा नखाने भएकाले यसको खासै वजारीकरण नभएको भएपनि हाल उत्पादन वढे सँग वाह्रो मास उपभोक्तहरुले सखर खण्डलाई उपभोग गरीरहेका छन् ।
उत्पादन गर्न सके विभिन्न प्रकारका परिकारहरुका साथै काचै र उसीनीएर खान सकिने भन्दै पछिल्लो समय उत्पादित सखरखण्डले राम्रो वजार पाएका संस्थाका अध्यक्ष थापाले वताए । हाल यो प्रतिकिलोग्राम वजारमा २ सयका दरले विक्री भैरहेको छ । यो वलौटे र पानी नजम्ने ठाउँमा वढी उत्पादन हुन्छ । लगाएको ५÷६ महिनामा खान उपयुक्त हुन्छ ।
यसको अन्य कुनै प्रजाति नभई एउटै प्रजाति रहेका र यसलाई मुसा, दुम्सी र वादरहरुवाट जोगाउन निकै समस्या हुने गरेको किसानहरुले वताएका छन् । पहिला विउँको लागी सुआहारा र नार्कवाट विउँ लगी सिन्धुलीका किसानहरुले अहिले ब्यवसायीक रुपमा सखर खण्ड उत्पादन गर्दै आएका छन् ।
2026-10-27-02-10-03.jpeg)





2026-10-18-05-10-50.jpeg)







प्रतिक्रिया थप्नुहोस्