प्रयोगशालाले मङ्सिर ८ गते सार्वजनिक गरेको परीक्षण नतिजाअनुसार गोलभेँडा, गाजर, काउली, काक्रो, सेतो मुला, आलु र प्याजलगायतका तरकारीमा विषादीको अवशेष परीक्षण गरिएको थियो ।
परीक्षण गरिएका नमुनामध्ये गोलभेँडाका दुई, काउलीका दुई र आलुका दुई नमुना रहेका छन् । त्यस्तै गाजर, काक्रो, सेतो मुला र प्याजको एक–एक नमुना परीक्षण गरिएको थियो ।
प्रयोगशालाले कार्बामेट र अर्गानोफस्फेट समूहका विषादीको अवशेष परीक्षण गर्दा सबै नमुना उपभोगयोग्य रहेको जनाएको छ । परीक्षणमा कुनै पनि नमुना क्वारेन्टिनमा राख्नुपर्ने वा नष्ट गर्नुपर्ने अवस्थामा नरहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रयोगशालाको मापदण्डअनुसार ३५ प्रतिशतभन्दा कम विषादी अवशेष भएमा उपभोगयोग्य मानिन्छ । ३५ देखि ४५ प्रतिशतसम्म अवशेष पाइएमा केही दिन क्वारेन्टिनमा राखेर पुनः परीक्षण गर्नुपर्ने हुन्छ भने ४५ प्रतिशतभन्दा बढी भएमा नष्ट गर्नुपर्ने व्यवस्था छ ।
यद्यपि, उक्त परीक्षणमा कार्बामेट र अर्गानोफस्फेट समूहका विषादी मात्र समेटिएकाले अन्य समूहका विषादी तथा रासायनिक पदार्थको हकमा यो नतिजा लागू नहुने प्रयोगशालाले स्पष्ट पारेको छ ।
















प्रतिक्रिया थप्नुहोस्