काठमाण्डौं, २३ असार । काठमाडौंमा दक्षिण एशियाली कृषि प्रसार सञ्जाल (AEPSA) को आयोजनामा दुई दिने "कृषि प्रसारको दिगोपनाका लागि सरोकारवाला सम्मेलन" आजबाट सुरु भएको छ । सम्मेलन भोलीसम्म चल्नेछ ।
प्रमुख अतिथिको रुपमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी उपस्थित थिए । उनले उद्घाटन मन्तव्यका क्रममा कृषि विस्तार सेवालाई आधुनिक प्रविधि, अनुसन्धान र साझेदारीका माध्यमबाट सशक्त बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा अतिथिहरूका रूपमा कृषि सचिव डा.गोविन्दप्रसाद शर्मा, भारत सरकारका पूर्व सचिव तथा ICRISAT का ADG संजय अग्रवाल, FAO का प्रतिनिधि ड्यानियल गुट्साफसन, MSU USA का डा. करिम मारेडिया, AEPSA का समन्वयक डा. भीभी सदामते, NFAC का अध्यक्ष डा.योगेन्द्र कार्की तथा प्राविधिक निर्देशक डा. आरके त्रिपाठी लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
प्राविधिक सत्रमा सहभागी देशहरूको अनुभव आदानप्रदान
कार्यक्रममा ‘देशीय कृषि विस्तार प्रोफाइलको समीक्षा (C-AEPs)’ शीर्षकमा बंगलादेश, भूटान, भारत, नेपाल, पाकिस्तान र श्रीलंकाका प्रतिनिधिहरूले आफ्नो देशका प्रणाली, नवप्रवर्तन र सफलताका कथाहरू प्रस्तुत गरे ।
सो सत्रको सह-अध्यक्षता पूर्व सचिव जय मुकुन्द खनाल र डा. आरआर बर्मनले गरेका थिए ।
दोस्रो सत्र: अनुभव र सहकार्यको सन्दर्भ
सायंकालीन दोस्रो सत्रमा "अनुभव आदानप्रदान र सहकार्य" विषयमा MSU USA, ICAR भारत र TAAS का प्रतिनिधिहरूले आ-आफ्नो देशको नवीन कार्यक्रम र अभ्यासबारे जानकारी गराएका थिए ।
















प्रतिक्रिया थप्नुहोस्