काठमाडौ । नेपाल खाद्य बैंक लिमिटेडले केही बर्षदेखि नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारिकरणको लागी मार्केट सर्भे, मार्केट रिसर्च एन्ड डेभलपमेन्ट, प्रोडक्ट डिजाइन, फूड सेक्युरिटी, एग्री टुरिजम, क्रियटीङ डिमाण्ड तथा क्षमता अभिबृद्दिको लागी काम गर्दै आएको छ ।
मंगलबार नेपाली जडिबुटी ,मसला र अर्गानिक उपजहरुको लागी नयाँ कदमको सुरुआत गरेको छ । यही दिनदेखि नेपाल खाद्य बैंक लिमिटेड र माउन्ट एभरेस्ट बोटानिकल्स प्रालिबीच एक महत्वपूर्ण सम्झौता समेत भएको छ । माउन्ट एभरेस्ट बोटालिकल्स प्रालिको संचालक अशिम केडिया र प्रसिम शाक्यले सम्झौतामा हस्ताक्षर गरेका छन् । नेपाल खाद्य बैंक लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष रामराजा श्रेष्ठ र गणेश गिरी सहभागी थिए ।
माउन्ट एभरेस्ट बोटानिकल्स प्रालि केडिया ग्रुपका संचालकहरुबाट संचालित संस्था हो । केडिया गुप शताब्दीदेखि नेपाली बजारमा उद्योग, रोजगारी र आर्थिकसामाजिक परिवर्तनको धरोहर समुह हो । नेपाल खाद्य बैंक लिमिटेड सघको सहकार्यमा बिश्व बजारमा पुग्नु निक्कै राम्रो कुरा भएको बैंकका अध्यक्ष श्रेष्ठले बताए ।
नेपाल खाद्य बैंक लिमिटेडले युरोपेली समुदायको रास्त्रहरुमा बजार पहिचान ,बजार निर्माण र खरिदबिक्री निर्माण सम्बन्ध ब्यबस्थापन गर्ने जिम्मेवारी सम्झौतामा लेखिएको छ । उत्पादन, सप्लाई, प्रमाणीकरण, संकलन भने एभरेस्ट बोटानिकल्स प्रालिले जिम्मेवारी लिने भनिएको छ । दर भाउ भने दुबै संस्थाको आन्तरिक सहमतिमा तोक्ने भनिएको छ । यो सम्बन्धले दुबै संस्था को फाईदा मात्रै नभएर नेपाल अनि नेपाली युवाहरूलाई रोजगारीको सृजना, वैदेशिक आर्जन अनि नेपालको आर्थिक सामाजिक परिवर्तन हुने दुबै सस्थाको संचालकको भनाई छ ।
सम्झौतामा हस्ताक्षरमा गर्ने क्रममा बिमल केडिया, रामराजा श्रेष्ठ, आस्विन केडिया, प्रसिम शाक्य, गणेश गिरि, निर्मल न्यौपाने र बाशुदेब न्यौपानेको सहभागिता थियो।




2026-10-18-05-10-50.jpeg)









प्रतिक्रिया थप्नुहोस्