काठमाडौं । किसानहरुले बैंकहरुबाट पाउने सहुलियत पूर्ण कर्जा सहज उपलब्ध नभएको भन्दै मौदिक नीतिको सन्दर्भ पारेर नेपाल डेरी फामर्स एसोसियशनले बुधबार राष्ट्र बैंकमा ज्ञापन पत्र बुझाएको छ ।
राष्ट्रिय बाणिज्य बैंकबाहेकका बैंकहरुले सहज कर्जा नदिएको गुनासो गर्दै एसोसियशनले ३ बुदे ज्ञापन पत्र नेपाल राष्ट्र बैंकका गभर्नरलाई बुझाएका हुन् ।
असल कर्जा हुने रकम सिडि रेसियोमा गणना नगर्ने व्यवस्था, परियोजना बीमा कडाईकासाथ लागू गरिनुपर्ने तथा परियोजना बीमा कर्जा सुरक्षणद्धारा बैंकले परियोजनामा लगानी गर्ने व्यवस्था गरिनुपर्ने, जमिन धितोको आधारमा नभई कर्जासीमा रकम बढाएर १० करोड बनाईनुपर्ने माग गरेका छन् । त्यसैगरी कर्जा भूक्तानी अवधि १५ वर्ष हुनुपर्ने, किसानले तिर्नुपर्ने व्याज २, कृषि उपज प्रशोधन तर्फ ५ तथा बिक्री वितरण गर्नेलाई ७ प्रतिशत ब्याजदर कायम गर्न समेत माग गरेको छ । साथै कृषि क्षेत्रमा बैंकले कुल लगानीको ७५ प्रतिशत किसानलाई उपलब्ध गराउन समेत माग गरेको संघका अध्यक्ष प्रदीपराज पन्तले जानकारी दिए ।
















प्रतिक्रिया थप्नुहोस्