Skip This

अविरल वर्षाले धानबालीमा क्षति पुगेका किसानका लागि एक अर्ब रुपैयाँ निकासा

काठमाडौँ, ९ फागुन ।  अर्थ मन्त्रालयले बेमौसमी वर्षाले धान बालीमा क्षति बेहोरेका किसानलाई राहत दिन एक अर्ब रुपैयाँ निकासा गरेको छ । मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै  कृषि विकास सचिव गोविन्द शर्माले असोज ३१ गतेदेख कात्तिक ४ गतेसम्म परेको वर्षाले वर्षाले धान बालीमा क्षति बेहोरेका किसानलाई गृहमन्त्रालयले किसानको खातामा उपलब्ध गराउनेगरी रकम निकासा भएको जानकारी दिए । 

निकासा भएको उक्त रकम  स्थानीय तहबाट प्रमाणीकरण भएर आएका तहका किसानहरुलाई दिने पनि उनले बताए । विशेष गरेर प्रमाणीकरण भएर आएका इलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, सिरहा, बारा, रौतहट, मकवानपुर, रसुवा, काभ्रे, सिन्धुली, स्याङ्जा, कास्की, पर्वत, बर्दिया, दाङ, रोल्पा, पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, बाँके, प्युठान, हुम्ला, जुम्ला, कालीकोट, डडेलधुरा, बाजुरा, बैतडी, कञ्चनपुर र कैलालीका किसानलाई राहत उपलब्ध गराउने निर्णय भएको हो ।

‘ राहत छिटो पाउन स्थानिय तहले प्रमाणीकरणमा छिटो ध्यान दिनु पर्ने हुन्छ’ उनले भने ।  थप राहत रकम किसानलाई उपलब्ध गराउनेगरी निकासा गर्न अर्थमन्त्रालयलाई पत्राचार गरिएको पनि उनले बताए । 

मापदण्ड (२) ७८ ले निर्धारण गरेको आधार र प्रक्रिया अनुसार राहत रकम उपलब्ध गराउन लागिएको हो । किसानलाई राहत उपलब्ध गराउने सम्बन्धमा गत कात्तिकमा सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउनेसम्बन्धी मापदण्ड, स्वीकृत गरेको थियो।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑