Skip This

भूमिहिन परिवारले २१.५ हेक्टर बाँझो जमिन उपयोगमा ल्याए 

काठमाडौँ, ८ फागुन । दाङको गढवा र धनुषाको सबैलामा २ सय ७६ भूमिहिन परिवारले २१.५ हेक्टर बाँझो जमिन उपयोगमा ल्याई खेती गरेका छन् । २०७५ पुस देखि २०७८ पुससम्ममा व्यवसायिक कृषिमा ग्रामीण साना उत्पादकहरुको समग्र सशक्तिकरण कार्यक्रम मार्फत भूमिहिन परिवारले बाँझो जमिन उपयोगमा ल्याई खेती गरेका हुन् ।

गढवा, सबैलासँगै झापाको गौरादहमा वातावरण र विकासका लागि अन्तराष्ट्रिय अध्ययन केन्द्रको सहयोगमा सामुदायिक आत्मनिर्भर  सेवा केन्द्र र नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडले समूदाय र स्थानिय सरकारसँग मिलेर कार्यक्रम संचालन गरेको हो । उक्त कार्यक्रम मार्फत संचालित १४ वटा भूमि कृषि सिकाई केन्द्रमा २२७ महिला सहित ३२३ सहभागी थिए । उनीहरुले भूमिको उपयोग, स्थानिय र प्रदेश सरकारको स्रोतमा पहुँच, कृषि उत्पादन गरी बजारीकरण गर्न सफल भएका छन् । 

त्यसैगरी सैला र गढवामा ११ हजार १ सय भूमिहिन परिवारले भूमि सम्बन्धि समस्या समाधान आयोगमा निवेदन पेस गरेकाा छन् । गढवा गाउँपालिकाको कृषि प्रवद्र्धन एवम् किसान सशत्तिकरण ऐन २०७७ तर्जुमा भई कार्यन्वयनमा आएको छ । यस्तै कृषि तथा पशुपक्षि विकास मन्त्रालयको लागि कृषि कानुनको समिक्षा गरी नीति पत्र मन्त्रालयमा पेस गरीएको छ । जसले गर्दा मन्त्रालयले तर्जुमा गर्ने एकीकृत कृषि ऐन तर्जुमाका लागि आधार तथा खाका निर्माणमा सहयोग पुगेको छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑