प्रविधिको विकास सँगै हराउँदै पानीघट्ट

२०७५ माघ २८ सोमबार १६:३८:०० मा प्रकाशित

हलोखबर

halokhabar

बाजुरा, २८ माघ । पुरानो प्रविधि र सीप देखिने पानीघट्ट यतिबेला हराउन थालेका छन् । जिल्लाका विभिन्न ठाउँमा आधुनिक कुटानीपिसानी मिल सञ्चालनमा आएपछि पुराना प्रविधिबाट निर्माण गरिएका पानीघट्ट हराउन थालेका हुन् । गाउँमा जताततै बिजुली बल्न थालेपछि कुटानीपिसानी मिलकै कारण पानीघट्टको माग कम हुँदै गएको एक दशकदेखि पानीघट्ट सञ्चालन गर्दै आएका करवीर नाथले बताए ।  मिलमा पिसानी गर्दा कम समय लाग्ने भएपछि महत्व घट्दै गएको पानीघट्ट सञ्चालक नाथले वताए ।

नदी तथा खोला किनारमा हुने र गाउँबाट टाढा हुने, एक्लै गएर पिसानी गर्न पनि असुरक्षा हुने गरेका कारण मिलप्रति स्थानीयवासीको आकर्षण बढेको बडिमालिका नगरपालिका–२ का विक्रम गुयाले बताए ।  मेशिनमा पिस्दा स्वाद हराउने हुँदा रोटी मीठो नहुने बुढापाका बताउँछन् । पुरानो प्रविधि र सीपसँग जोडिएको विषयलाई संरक्षण गर्नुपर्नेमा समेत उनीहरुले जोड दिएका छन् । पानीघट्टको संरक्षण आवश्यक रहेको बडिमालिका नगरपालिका–२ घागरका पानीघट्ट सञ्चालक महावीर महतको भनाइ छ । मिल सञ्चालनसँगै सयौँको रोजगारीसमेत बन्द भएको छ । रोजीरोटी बन्द भएकोमा भन्दा प्रविधि हराउनेमा बढी चिन्ता लागेको छ महतले भने । रासस
 

प्रतिकृया दिनुहोस

स्थायी सरकारका कारण उद्योगको सङ्ख्यामा वृद्धि

काठमाडौँ, ८ फागुन । मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको उद्योगको सङ्ख्यामा वृद्धि भएको छ । सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी

टिमुर खानुका यतिधेरै फाईदा, दाँतको समस्यादेखि तागत बढाउनेसम्म

काठमाडौं, २ फागुन । आयुर्वेदिक प्रणालीअनुसार टिमुर वायु शमन गर्ने प्रकृतिको हुन्छ । यसको प्रयोग दाँत दुःखेको निको गर्न र तागत दिने औषधिको रूपमा हुन्छ

वहुवर्षे घाँस मुलाटो वारे आम कृषकहरुलाई जानकारी 

काठमाडौं, २९ माघ । मुलाटो बहुवर्षे घाँस हो । यसको बृद्धि द्रुत गतिमा हुने हुन्छ र बिरुवाको उचाई पूmल नपूmलेको अवस्थामा ५०–१०० से.मि. सम्म हुन्छ । घाँस