महोत्सवको आकर्षण ट्राउट माछा

२०७५ माघ २८ सोमबार १६:२६:०० मा प्रकाशित

हलोखबर

halokhabar

डोटी, २८ माघ । दिपायलको पिपल्लामा भइरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सवको २८ नं कक्षमा दिनहुँजसो महोत्सव अवलोकन गर्न आउनेको भीड लाग्छ । जोरायल गाउँपालिका–५ गड्सेराका लीलाधर विष्टले सञ्चालन गर्नुभएको सो कक्षामा रेन्बो ट्राउट माछा राखिएको छ । सो माछा हेर्न कक्षमा भीड लाग्ने गरेको हो । करीब रु १० लाखको लागतमा विष्टले एक वर्ष अघि नुवाकोटबाट माछाका भुरा ल्याई माछापालन थाल्नु भएको हो ।

माछापालन गर्न उनलाई कृत्रिम तथा प्राकृतिक जलासय मत्स्य विकास केन्द्र बालाजु, काठमाडाँैले रु पाँच लाख १२ हजार तथा जोरायल गाउँपालिकाले रु एक लाख अनुदान उपलब्ध गराएको छ । माछापालन गर्न मत्स्य विकास केन्द्र गेटा र तत्कालीन जिल्ला कृषि विकास कार्यालयले प्राविधिक सहयोग गरेको छ । रेन्बो ट्राउट माछा बजारमा प्रतिकिलो रु एक हजार ६०० मा बिक्री हुन्छ । महोत्सव अवलोकन गर्न आउनेहरु विष्टकै कक्षामा पुग्ने गरेको डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले बताए । माछाका लागी आहार काठमाडाँैबाट नै ल्याउनुपर्ने विष्टले वताए । रासस
 

प्रतिकृया दिनुहोस

उन्नत बीउ र प्राङगारिक मलतर्फ किसान आकर्षित

म्याग्दी, १० फागुन । व्यावसायिक कृषिमा लागेका म्याग्दीका किसानहरु बढी उत्पादन दिने उन्नत जातका बीउबिजन र आधुनिक प्रविधिको प्रयोगतर्फ आकर्षित भएका

१८ वर्षदेखि जडीबुटी प्रशोधन केन्द्र बन्द 

जाजरकोट, १० फागुन । १८ वर्षदेखि जडीबुटी प्रशोधन केन्द्र बन्द हुँदा डोल्पाका जडीबुटी व्यवसायी मर्कामा परेका छन् । जिल्लामै जडीबुटी प्रशोधन गर्ने

खाली जमिनमा महिला सामूहिक जडीबुटी खेती गरी राम्रो आम्दानी गर्दै 

परासी, १० फागुन । पश्चिम नवलपरासीको बर्दघाट–२ स्थित चिसापानी सामुदायिक वनले जडीबुटी उद्योग स्थापना गरी प्रशोधित सुगन्धित तेल उत्पादन गर्न थालेपछि