अनुदान दिन थालेपछि व्यावसायिक पशुपालन फष्टाउँदै

२०७५ माघ २८ सोमबार १५:२६:०० मा प्रकाशित

हलोखबर

halokhabar

भरतपुर, २८ माघ । माडी नगरपालिकाले दूधमा अनुदान वृद्धि गरेसँगै चितवनको माडीमा व्यावसायिक पशुपालन फष्टाउँदै गएको छ । नगरपालिकाले व्यावसायिक पशुपालन गर्ने किसानलाई प्रतिलिटर दूधमा रु तीन अनुदान दिन थालेको छ । अनुदान दिन थालेपछि व्यावसायिक रुपमा पशुपालन गर्ने किसानको सङ्ख्या बढेको छ । 
उत्पादनका आधारमा अनुदानको कार्यक्रम शुरु गरेपछि व्यावसायिक रुपमा पशुपालन गर्नेको सङ्ख्या ह्वात्तै बढेको माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले बताए ।  माडीस्थित दुग्ध विकास संस्थानका दुई चिस्यान केन्द्रको तथ्याङ्कका अनुसार किसानलाई अनुदान प्रदान गर्न थालिएको हो ।

दूध उत्पादनका आधारमा ६ महीनामा रु १९ लाख अनुदान वितरण गरिएको उनले बताए ।  किसानले रु एक लाखसम्म अनुदान प्राप्त गरेको उनले वताए । नगरपालिकाले किसानको आर्थिक अवस्था सुधार गर्न दूध उत्पादनमा विशेष जोड दिँदै आएको छ । यस वर्ष नगरपालिकाले बाख्राको खोर सुधार, बोयर बाख्रा खरीद र बङ्गुरको खोर सुधारका लागि पनि अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । व्यावसायिक पशुपालनलाई दिगो बनाउन नगरपालिकाले यस वर्ष ३०० बिघा जग्गा भाडामा दिएर घाँसखेती समेत शुरु गरेको नगरप्रमुख ढकालले बताए ।  

गत आवमा माडीमा पशुपालनका लागि झण्डै रु ५६ लाख अनुदान प्रदान गरिएको थियो । सो अनुदान गाईभैँसीको गोठ सुधार, बाख्राको खोर सुधार, बङ्गुरको खोर सुधार, घाँसखेती, पशुको कृतिम गर्भाधान लगायतमा प्रदान गरिएको छ । यस वर्ष नगरपालिकाले पशुपालनको क्षेत्रमा रु दुई करोड २८ लाख विनियोजन गरेको छ । सशर्त अनुदानतर्फ रु आठ लाख २० हजार र नगरपालिकाको तर्फबाट रु दुई करोड १८ लाख विनियोजन गरिएको माडी नगरपालिकाका पशुपक्षी शाखा प्रमुख गोपाल अधिकारीले जानकारी दिए ।  न्यून आयस्तर हुनेका लागि नगरपालिकाले ‘एकभाइ एक गाई’ कार्यक्रम सञ्चालन गरेको उनले वताए ।

गोठ निर्माणका लागि रु तीन हजार ५०० हजारसम्म र गाई किन्न रु ४० हजार अनुदान दिइने अधिकारीले बताए ।  राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज माडीका अध्यक्ष सूर्यप्रसाद भुसालले माडीका किसानको सोचमा परिवर्तन आएको बताए ।  उनले नगरपालिकाको अनुदान र सहज बजारीकरणका कारण पशुपालनमा किसानको आकर्षण बढेको बताए ।  

माडीमा दैनिक १० हजार लिटर दूध उत्पादन हुन्छ । गत वर्ष माडीमा डिडिसीले दैनिक तीन हजार ५०० देखि चार हजार लिटरसम्म दूध सङ्कलन गर्ने गरेको थियो । यस वर्ष दैनिक पाँच हजार लिटर दूध सङ्कलन गरिरहेको छ । एक वर्षको अवधिमा दैनिक एक हजार लिटर दूध उत्पादनमा वृद्धि भएको नगरपालिकाले जनाएको छ । माडीमा करीब २०० व्यावसायीक पशुपालक किसान रहेका छन् ।रासस
 

प्रतिकृया दिनुहोस

कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा

कास्की, १० फागुन । कृषि विकास बैंकले सहूलियतपूर्ण कर्जामा विनाधितो ऋण लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश र

व्यावसायिक कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण

गोरखा, ६ फागुन । गोरखा नगरपालिका गोरखाले नगर क्षेत्रभित्रका व्यावसायिक कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले आइतबार एक कार्यक्रमको

अनुदानमै सीमित बन्यो युवालक्ष्यित कार्यक्रम

बेझाड, २८ माघ ।  विगतमा सरकारले तरकारी खेतीमा युवालाई आकर्षण गर्न अनुदान उपलब्ध गराउने नीति अवलम्बन ग¥यो । लगातार तीन वर्षसम्म युवा लक्ष्यित तरकारी