चौधरी राप्ती नदीको बगरमा बगरखेती गर्दै

२०७५ माघ २८ सोमबार १३:२१:०० मा प्रकाशित

हलोखबर

halokhabar

नारायणपुर, २८ माघ  । लमही नगरपालिकाका देसुराम चौधरी राप्ती नदीको बगरमा बगरखेती गर्दै आएका छन् । उनी बगरखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । 
उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले बगरलाई हरियाली बनाउन चौधरीलगायत अन्य कृषकलाई सहयोग गरेको हो । दश वर्षदेखि बगरखेती गर्दै आएका चौधरीको अहिले जीवन नै परिवर्तन भएको छ । उनले तरकारी खेतीबाट वार्षिक रु आठ लाख आम्दानी गर्दै आएका छन् । ‘यो ठाउँमा बस्न थालेको दशकौँ भइसक्यो, बगरमा तरकारी खेती गर्ने कुरा थाहै थिएन’, चौधरीले भने, ‘अहिले बगर नै हरियाली भएको छ ।’

सहकारीले खेती गर्ने तरिका सिकाएपछि कृषक निर्वाहमुखी खेती प्रणालीबाट व्यवसायी बनेका छन् । सहकारीकै सहयोगमा अन्य कृषकसमेत बगरखेतीतर्फ आकर्षित भएका छन् । देउखुरीका राप्तीगाउँपालिका र गढवा गाउँपालिका तथा लमहीनगरपालिका क्षेत्रको राप्ती बगरमा खेती गर्न किसानले कृषक समूह बनाएको सहकारी संस्थाका अध्यक्ष दिलीपराज खनालले बताए । अहिले बगरखेती र दुग्ध परियोजनाबाट ७०० भन्दा बढी किसान लाभान्वित भएका छन् । कृषिजन्य वस्तुको सहजरुपमा बिक्री गर्न देउखुरीमा तरकारी बजार स्थापनाको पहल भइरहेको अध्यक्ष खनालले वताए । ‘बिक्री गर्न सहज होस् भनेर कृषि बजार स्थापना गर्न लागेका हौँ’, उनले भने । सहकारीले कृषिजन्य बीउबिजनको बिक्री केन्द्र स्थापना तथा समूहमा आबद्ध किसानलाई यान्त्रीकरणमा जोड दिई चक्लाबन्दी खेती गर्नका लागि कृषकलाई सहयोग गर्ने कार्यक्रम ल्याएको छ । रासस
 

प्रतिकृया दिनुहोस

किसानको हितकालागि निजी मिडियाहरुसंग पनि सहकार्य गर्दै जान्छौ : प्रमुख दाहाल

कृषि सूचना केन्द्रको नाम अहिले परिवर्तन भएर कृषि सूचना तथा प्रशिक्षण केन्द्र भएको छ । यस केन्द्रले कृषि क्षेत्रमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय

विगतमा ११ करोडसम्म अनुदान दिएका छौ : निर्देशक पौडेल

बर्से दीर्घकालीन कृषि विकास रणनीति ९एडिएस० सफल पार्न विगत तीन बर्षदेखि प्रधानमन्त्री कृषि आधुनीकीरण परियोजना लागू भएको छ । स्वादेशी लगानीमा सुरु

किबी खेती कार्यक्रम लथालिंग

इलाम, २८ कात्तिक । इलामको सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाको १, २, ३ र ४ को क्षेत्रमा किबी फलको ‘जोन’ घोषणा गरी कार्यक्रम स्वीकृत भए पनि