बाँझो जग्गा भाडामा लिई तरकारी खेती, एकै वर्षमा २५ लाख रुपैयाँ आम्दानी

२०७५ माघ २८ सोमबार १२:५८:०० मा प्रकाशित

हलोखबर

halokhabar

परशुराम, २८ माघ । डडेल्धुराको गन्यापधुरा र अमरगढी नगरपालिकाका पाँच युवाले सामूहिक खेती गर्दै आईरहेका छन् । पच्चीस वर्षदेखि बाँझो रहेको १०२ रोपनी जग्गा भाडामा लिई उनीहरुले एकै वर्षमा रु २५ लाख आम्दानी गरेका छन् । स्थानीयवासी दत्तराज अवस्थी, रामचन्द्र जोशी, पदम अवस्थी, पदम ऐर र सीताराम जोशीले ‘भागेश्वर एग्रिकल्चर एण्ड लाइभस्टक’ स्थापना गरी सामूहिक रुपमा तरकारी खेती गर्न थालेका हुन् । उनीहरूले १२ जनालाई रोजगारीसमेत दिएका छन् । यस क्षेत्रका अन्य युवा मिलेर बाँझो जग्गामा विभिन्न तरकारीका बीउ उत्पादन गर्दै आएका छन् । तराईमा बसाइँ सरेपछि गाउँको बाँझो जग्गाको उपयोग गरी मुनाफा हुन थालेपछि अन्य युवासमेत तरकारी खेतीतर्फ आकर्षित भएको रामचन्द्रले बताए । 

अर्का सञ्चालक सदस्य सीताराम पहिलो पटक १०० क्विन्टल आलुको बीउ उत्पादन भएको बताए । दश लाख लगानीमा यस वर्ष रु २५ लाख कमाइ भएको उनको भनाई छ । बजारमा शुद्ध आलुको बीउको अभाव हुँदा बीउ उत्पादनमा जोड दिएको उनले वताए । उनका अनुसार फार्मको मुख्य उद्देश्य बाँझो जमीनलाई खेतीयोग्य भूमिमा रूपान्तरण गरी गाउँको बेरोजगारी घटाउन प्रयास गर्नु हो । पहिलो चरणमा कम्पनीले बेरोजगार महिला र पुरुषलाई वर्षमआ झण्डै १२० दिन रोजगारी दिएको छ ।

आफू पनि रोजगार हुने र बेरोजगार युवालाई पनि काम दिन सकिने भएपछि युवाहरू यसरी सामूहिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । सञ्चालक सदस्य दत्तराजले भने, ‘कम्पनी गठन गरी व्यावसायिक खेती शुरु गर्दा धेरैले विश्वास गरेका थिएनन् । एकै वर्षमा लाखौँ रुपैयाँ मुनाफा भएपछि सबै आश्चर्यचकित भएका छन् ।’ सिँचाइ अभाव र खेतीबारे ज्ञान नहँुदा समेत युवाको प्रयास उदाहरणीय रहेको कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि प्राविधिक टेकबहादुर विष्टले बताए । उत्पादन भएको आलुको बीउ यस वर्ष सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा बिक्री भएको छ । रासस

प्रतिकृया दिनुहोस

उन्नत बीउ र प्राङगारिक मलतर्फ किसान आकर्षित

म्याग्दी, १० फागुन । व्यावसायिक कृषिमा लागेका म्याग्दीका किसानहरु बढी उत्पादन दिने उन्नत जातका बीउबिजन र आधुनिक प्रविधिको प्रयोगतर्फ आकर्षित भएका

१८ वर्षदेखि जडीबुटी प्रशोधन केन्द्र बन्द 

जाजरकोट, १० फागुन । १८ वर्षदेखि जडीबुटी प्रशोधन केन्द्र बन्द हुँदा डोल्पाका जडीबुटी व्यवसायी मर्कामा परेका छन् । जिल्लामै जडीबुटी प्रशोधन गर्ने

खाली जमिनमा महिला सामूहिक जडीबुटी खेती गरी राम्रो आम्दानी गर्दै 

परासी, १० फागुन । पश्चिम नवलपरासीको बर्दघाट–२ स्थित चिसापानी सामुदायिक वनले जडीबुटी उद्योग स्थापना गरी प्रशोधित सुगन्धित तेल उत्पादन गर्न थालेपछि