दाजुभाईको पशुपालन व्यवसाय मोह, दाजुले कमाउँन थाले मासिक १ लाख, भाईको कमाई हुन् भर्खर सुरु 

२०७५ माघ २८ सोमबार ०७:५६:०० मा प्रकाशित

हलोखबर

halokhabar

वारा, २८ माघ । आफ्नै गाउँमा परिवारसँगै वसेर पशुपालन गर्दै आएका का २४ वर्षिय सुवास सापकोटा अहिले निक्कै खुसी छन् । पशुपालन गर्न थालेपछि युवा अवस्था आउने सोच र जीवन शैली पुरै परिवर्तन भएको छ । 
कक्षा १२ सम्म अध्ययन गरेका वारा जिल्ला जितपुर निवासी सापकोटा जागिरको खोजिमा नपुगेको ठाउँ कमै होला । तर, उनले जागिरको सिलसिलामा पाएको सारा दुःख एक वर्षको पशुपालन व्यवसायबाटै सवै भुलेका छन् । किनको यस पेशाले उनलाई गाउँमा सम्मानका साथै मनग्य आम्दानी हुने बाटो पनि देखाईदिएको छ । 
जागिर खान गयो हाकिमको हुकुमत, विदेश गयो ज्यानको माया मारेर काम गर्नु पर्ने जस्ता समस्याहरु देखे । यस्तै विविध कुरा सोच्दा सोच्दै आफै केही गर्ने निचोडमा पुगेर ‘सापकोटा पशुफार्म’ दर्ता गरेको उनी वताउँछन् । पशुपाल्न अन्तर्गत पनि उनले गाईलाई प्राथामिकतामा राखे । छिटो र चाँडो आम्दानी दिने भएका हुनाले उनले तीन दर्जन गाईहरु पाल्न सुरु गरेका हुन । जसमा २० वटा दुहुना तथा १५ वटा बच्चा जन्माउँने तयारी भएकागरी जम्मा ३५ वटा गाईहरु रहेका छन् । विहानै ४ वजेदेखि राति ८ वजेसम्म गाईगोठमा दिनचर्या विताइरहेका छन् ।
उनी अहिले आएर दिनको १५० देखी २०० लिटरसम्म गाईको दुध बजारमा विक्रि गर्छन । एक लिटर दुधको मुल्य ५०÷५५ रुपैँया भएकाले प्रतिदिन ८÷९ हजार रुपैया कमाई गर्छन । मासिक २ लाख ५० हजारसम्म कमाइ गर्दै आएका सापकोटाले खर्च कटाएर चोखो १ लाख रुपैँयासम्म महिनामा बचत गर्दै आएका छन् । सापकोटाले हलोखवरसँग भने, “पशुपति शर्माले गाएको गीत ‘मलाई अमेरिका यही, मलाई जापान पनि यही’ जस्तै भएको छ ।”
अहिले आएर उनले आफ्नो व्यवसायलाई फराकिलो बनाउँदै गएका छन् । गाईभैसी खरिद विक्री साथै ताजा दूधदही तथा पशुजन्य उपजहरुको व्यवसायमा पनि सक्रिय भएका छन् । त्यस्तै उनका २३ वर्षिय भाई पुष्पराज आचार्य ‘किसानी भाई राज’ पनि गाई र भैसिको दुध उत्पादन गरी वजारीकरण गरीरहेका छन् । दुवै दाजुभाई हुन । यिनको उमेरको फरक मात्र १ वर्षको छ । सुरुमा दाजुभाई दुवैले एउटै फार्मवाट काम गरीरहेका भएपनि अहिले आएर भाई पुष्पराजले ‘पुष्पराज कृषि तथा पशुपालन’ फार्म दर्ता गरी छुट्टा छुटै ब्यवसाय गरीरहेका हुन् । पुष्पराजको फार्ममा अहिले ६ वटा दुहुना, ४ बच्चा पाउँने र १२ वटा भैसी रहेका छन् । उनीपनि दिनको गाई र भैसिको गरी १२० देखी १५० लिटर दुध विक्री गछन् ।
फार्म दर्ता भई काम गर्न थालेको थोरै समय भएकोले उनी त्यति फाईदामा नभएपनि आफ्नो पेशा प्रति सन्तुष्टी नै भएको वताउँछन् । अवको केही दिनमा तनहुँमा पनि  ‘पुष्पराज कृषि तथा पशुपालन’ शाखा विस्तार गर्ने योजनामा रहेको पुष्पराजले वताए । यस्ता व्यवसायलाई पर्यादित बनाउँन युवाहरु लागि पर्नुपर्नेमा उनको सुझाव छ । युवाहरु विदेशमा गएर काम गर्नुभन्दा नेपालमै केही आफ्नै काम गर्दा हजार गुणा राम्रो र दिगो हुनेमा सापकोटा दाजुभाई ढुक्क छन् । 
आफ्नै देशमा केही गर्न पाउँदाको खुसी शब्दमा व्याख्या गर्न नसकिने उनीहरु बताउँछन् । पारिवारीक व्यवसाय पशुपालन बनाउँदा साह्रोगाह्रो पर्दा पनि एक आपसमा सहयोग गर्न सजिलो हुने उनीहरुको अनुभव छ । फरक फरक पेशा भएको भए सायद एक अर्कालाई सहयोग गर्न गाह्रो पथ्र्यो होला, तर एकै प्रकारको काम भएको हुदा आपसमा मिलेर काम गर्न सजिलो भएको सापकोटा दाजुभाई बताउँछन् । 
यस व्यवसायलाई अझै विस्तार गर्दै लैजाने उनीहरुको सोचाई रहेको छ । चाँडै व्यवसायलाई विस्तारगरीने सापकोटाले बताए । 

प्रतिकृया दिनुहोस

नेट हाउसभित्र फर्कदै भेँडे खुर्सानी र टमाटर

दाङ, ७ फागुन । दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ७ मा रहेको राप्ती वहुउद्देश्यि कृषि फार्ममा भेडे खुर्सानी र टमाटर पनि संगै उत्पादन गरेर आम्दानीमा थप

अधिकांश कुखुरामा रोग देखिदा समस्या

चितवन, ६ फागुन । कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् । रोगका कारण

कृषि व्यवसायबाट खान नपुगेकालेनै युवा विदेशीएका !

सिरहा, २ फागुन । कृषि र पशुपालनलाई मुख्य पेसा बनाइ जीविका चलाउँदै आएका जिल्लाका युवा समुदायमा पछिल्लो समयमा वैदेशिक रोजगारीप्रति आकर्षण बढेपनि तिनको