घाँस सम्बन्धी विविध जानकारी दिदै न्याफ्स्कोल कृषिवनका कार्यकारी निर्देशक गौतम

२०७५ माघ २७ आइतबार १३:०४:०० मा प्रकाशित

हलोखबर

halokhabar

काठमाडौं, २७ माघ । कुनैपनि कृषकले घाँस खेती गर्नु अगााडी आफ्नो जमिनको बनावट भौगोलिक अवस्था पानीको स्रोत, मल, वीउका बारेमा जानकारी हुन आवश्यक छ । के परम्परागत देखि स्थानीय स्तरमा घाँसहरु नपाएकै हो र ? होइन अवश्य नै हाम्रा गाँउघरमा परापूर्वक काल देखि नै विभिन्न प्रजातीको घाास्हरुको संरक्षण गर्दै आउनु भएको हामीले देखेका छौ । हो हाम्रै पुर्वजहरुले संकलन गर्नु भएको घाँसलाई नै आधार मानी हामीले व्यावसायीक घाँस खेतीको सुरुवात गर्नुपर्दछ । हामीमा उन्नत र हाई ब्रिड मुखमै झुन्डी सकेको छ । कतै हामी कृषकहरुलाई यस्तो उन्नत र हाईब्रिडले नोक्सान पु¥याईरहेको त छैन यो कुरामा हामी सोच्न बाध्य हुनु पर्दछ । त्यसैले मान्यता प्राप्त बीउ बिक्रेताबाट बीउ खरिद गर्नु त छदैछ । त्यस सम्बन्धी सम्पुर्ण जानकारी सम्बन्धी त निकाय सँग लिन अति जरुरी छ । हाल नेपालमा विभिन्न आयातित घाँसहरु धेरै भित्रि सकेका छ हाल नेपालमा विभिन्न आयातित घाँसहरु धेरै भित्रि सकेका छन् । तपाई हामी आफ्नो हावापानी सुहाउदो जुनसुकै घाँस खेती पनि गर्नै सक्छौ । कँहा घाँस खेती गर्ने भन्दा खेती बारीको डिल कान्लामा खोल्साखाल्सी, हैसियत बिग्रिएको जग्गा पाखो वारी, खरपाखो तथा आवश्यकता अनुसार जुनसुकै जग्गामा पनि गर्न सकिन्छ । तर हामी कुन प्रयोजनको लागि घाँस खेती गर्दैछौ भन्ने बिषयमा आफु प्रष्ट हुनु जरुरी छ । कुन घाँस खेती गर्छौ भन्ने बिषयमा पनि जानकार हुन आवश्यक पर्छ । जस्तै ः डालेघाँस , भूईघाँस, बहुबर्षे , सिजनेली, कोषे, अकाषे के के हो भन्ने बिषयमा किसान स्वयम् प्रष्ट हुनुपर्छ या त जानकार व्यक्तिहरुसँग सल्लाह लिनु जरुरी छ । यसका लागी लामो समय यसै क्षेत्रमा अनुभवी न्याफ्स्कोल कृषिवनका कार्यकारी निर्देशक रामप्रसाद गौतमका केहि टिप्सहरु ।
घाँस भनेको के हो ? 
घाँस भनेको कुनैपनि पशुलाई बाधेर पाल्ने स्थानमा दिईने आहारा हो । यो आहारामा नल, पराल, डाँलेघाँस भुँईघाँस तथा स्याउला आदिलाई भनिन्छ । यस्तो प्रकारको घाँस खेति वारी, खरपाँखो सामुदायीक वन हरुमा व्यवस्थीत रुपमा उमेरको आधारमा पशुहरुलाई अघाउने गरी दिईने आहारा हो ।
नेपालमा प्रचलित घाँसेबालीहरु ।
हाल नेपालमा बिशेषतः २० देखि २५ जातीका घाँसेबाली बीउ बिजनहरुमा उत्पादन हुने गरेका छन् । उदाहरणका लागि चलन चल्तीमा रहेका घाँसेबालीहरु निम्न अनुसार रहेका छन् । 
१ हिउँदे घाँसबाली ः जै, बर्षिम, भेच, सफ्ताल लगायतका धेरै छन् । 
२ बर्षे घाँसेबाली ः जुनेलो, मकैचरी, बाज्रा लगायतका धेरै छन् ।  
३ बहुबर्षे घाँसेबाली ः स्टाईलो, मोलासेस, ज्वाईन भेच, विन क्यासिया, डेस्मोडियम लगायतका धेरै छन् । 
४ लेकाली घाँस ः राइग्रास, कक्सफुट, ह्वाईटक्लोभर, पासपालम लगायतका धेरै छन । 
५ वानस्पतीक विधिबाट प्रसारण हुने घाँस बालीहरुः नेपियर, अम्रिसो, फरेज पिनट लगायतका धेरै छन । 
६ डाले घाँस ः इपिलइपिल, फ्लेमेिन्जया टाकी कोइरालो बडहर आदि । 
 

प्रतिकृया दिनुहोस

स्थायी सरकारका कारण उद्योगको सङ्ख्यामा वृद्धि

काठमाडौँ, ८ फागुन । मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको उद्योगको सङ्ख्यामा वृद्धि भएको छ । सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी

टिमुर खानुका यतिधेरै फाईदा, दाँतको समस्यादेखि तागत बढाउनेसम्म

काठमाडौं, २ फागुन । आयुर्वेदिक प्रणालीअनुसार टिमुर वायु शमन गर्ने प्रकृतिको हुन्छ । यसको प्रयोग दाँत दुःखेको निको गर्न र तागत दिने औषधिको रूपमा हुन्छ

वहुवर्षे घाँस मुलाटो वारे आम कृषकहरुलाई जानकारी 

काठमाडौं, २९ माघ । मुलाटो बहुवर्षे घाँस हो । यसको बृद्धि द्रुत गतिमा हुने हुन्छ र बिरुवाको उचाई पूmल नपूmलेको अवस्थामा ५०–१०० से.मि. सम्म हुन्छ । घाँस