कृषि पत्रकार प्रतिष्ठानको सदस्य पद माग्दा नपाएका घिमिरेले हत्याए अन्ततः अध्यक्ष नै 

२०७५ माघ २७ आइतबार ०९:२४:०० मा प्रकाशित

हलोखबर

halokhabar

काठमाडौं, २७ माघ । नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)को अध्यक्षमा लामो विवादपछि गोविन्द प्रसाद घिमिरे निर्विरोध निर्वाचित भएका छन् । दुई खेमामा विभाजित जोनाका क्रियाशिल पत्रकारहरुले अनौपचारिक रुपमा वहिष्कार गरेपछि घिमिरे समर्थकहरुको प्यानल नै निर्विरोध चयन भएका हुन् । ठूला मिडियाहरुमा कार्यरत पत्रकारहरुले निर्माण गर्न खोजेको नयाँ कार्यसमिति नवन्ने जस्तो देखिएपछि उनीहरु तर्किएका थिए । त्यसपछि घिमिरे लगायतका टीमको हावी भएको थियो ।

मेनस्ट्रिम मिडियामा कार्यरत कृषि पत्रकारहरुको वाहुल्यताको नयाँ कार्यसमिति बनाउँने सर्वसम्मत प्रयास विफल भएपछि जोनाको पाँचौ साधरणसभा तथा तेश्रो अधिवेशन तितरवितर भएको थियो । घिमिरेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । घिमिरे यसअघि महासचिव थिए । उनको प्यानललाई पाखा लगाउँन खोजिएको आरोप लागेपछि परिस्थिती उल्टो बन्न पुगेको थियो । अध्यक्षका प्रत्यासी किरण आचार्यले सर्वसहमति नहुनेभएपछि उम्मेदवारी नै नदिएपछि उनीहरु सर्वसम्मत चयन बन्ने बाटो खुलेको थियो । परिकल्पनाभन्दा वाहिरबाट समिति बनेपछि कृषि क्षेत्रमा कार्यरत पत्रकारहरु जिल्ल परेका थिए ।

उम्मेदद्धारी नपाएपछि जवरजस्त समितिका सदस्यहरु राखिएको थियो । त्यसैगरी,  उपाध्यक्षमा निमेश अधिकारी, महासचिवमा पवन श्रेष्ठ, सचिवमा सुमनराज पन्त, कोषाध्यक्षमा हरिप्रसाद शर्मा, सहकोषाध्यक्षमा सुविना केसी, सदस्यहरुमा राजाराम कार्की, सविन धमला, गोपाल आलेमगर, कौशिला कुँवर, अर्पणा आलेमगर, गोमा पाण्डे र किरण अर्याल निर्वाचित भएका थिए । 
विधान संसोधन गर्न खोजिएपनि तत्काल साधारणसभामा अधिकांस सदस्यहरुले विरोध गरेपछि तत्काल त्यो संभव भएको थिएन । त्यसपछि सविन धमलाको संयोजकत्वमा पाँच सदसीय विद्यान संसोधन समिति गठन गरिएको छ । 

उद्घाटन समारोहमा प्रमुख अतिथि राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारीले कृषि क्षेत्रमा लागका पत्रकारहरुले निर्वाचनलाई सर्वसहमतिमा जान पटक पटक अनुरोध गरेका थिए । तर, उनले भनेका कुराहरु भन्दा विपरित चरम राजनीति भएपछि छताछुल्ल बन्न पुगेको थियो । सानो संस्था भएका कारण मिलाएर लैजाने प्रयासहरु नभएका होइनन्, तर, गलत अडान भएका कारण परिस्थिती फरक वन्न पुगेको हो । घिमिरे समूहले नीजि युट्युव च्यानल सुरु गरेपछि संस्था दुरुपयोग हुने संभावना बढी भएका कारण उनीहरुलाई कार्यसमितिमा नराख्ने प्रयास भएको स्रोतको दावी छ । तर, भईदियो, उल्टो । 

 

प्रतिकृया दिनुहोस

उन्नत बीउ र प्राङगारिक मलतर्फ किसान आकर्षित

म्याग्दी, १० फागुन । व्यावसायिक कृषिमा लागेका म्याग्दीका किसानहरु बढी उत्पादन दिने उन्नत जातका बीउबिजन र आधुनिक प्रविधिको प्रयोगतर्फ आकर्षित भएका

१८ वर्षदेखि जडीबुटी प्रशोधन केन्द्र बन्द 

जाजरकोट, १० फागुन । १८ वर्षदेखि जडीबुटी प्रशोधन केन्द्र बन्द हुँदा डोल्पाका जडीबुटी व्यवसायी मर्कामा परेका छन् । जिल्लामै जडीबुटी प्रशोधन गर्ने

खाली जमिनमा महिला सामूहिक जडीबुटी खेती गरी राम्रो आम्दानी गर्दै 

परासी, १० फागुन । पश्चिम नवलपरासीको बर्दघाट–२ स्थित चिसापानी सामुदायिक वनले जडीबुटी उद्योग स्थापना गरी प्रशोधित सुगन्धित तेल उत्पादन गर्न थालेपछि