पशुपालनको क्षेत्रमा योगदान पु¥याउका तीन व्यक्ति सम्मानित

२०७५ माघ २७ आइतबार ०९:०९:०० मा प्रकाशित

हलोखबर

halokhabar

भरतपुर, २७ माघ । चितवनको माडीमा पशुपालनको क्षेत्रमा योगदान पु¥याएका तीन व्यक्तिलाई सम्मानित गरिएको छ । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज माडीको प्रथम वार्षिकोत्सवका अवसरमा माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाल, अन्नपूर्ण दुग्ध किसान सहकारी संस्थाका अध्यक्ष भागिरथ तिमिल्सिना र कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा डा भूमिनन्द देवकोटालाई सम्मान गरिएको हो । 

नगरप्रमुख ढकाललाई माडीको पशुपालनका क्षेत्रमा आर्थिक लगानी वृद्धि गरेको र पशुपालनमा व्यावसायिकीकरण गर्न योगदान पु¥याएको भन्दै सम्मान गरिएको समाजका अध्यक्ष सूर्यप्रसाद भुसालले बताए । भैँसी विज्ञका रुपमा काम गर्ने प्राध्यापक देवकोटा र माडीमा कृषक समाज गठन तथा पशुपालक किसानलाई प्रोत्साहन गर्ने तिमिल्सिनालाई सम्मान गरिएको उनले जानकारी दिए । माडीमा पशुपालनको क्षेत्रलाई प्रवद्र्धन गर्न र किसानलाई उत्साहित गराउन वार्षिक कार्यक्रमलाई उत्सवका रुपमा मनाइएको भुसालले बताए । 

कार्यक्रममा व्यावसायिक रुपमा पशुपालन गर्ने माडीका करीब डेढ सय किसानको सहभागिता रहेका थियो । माडीमा झण्डै २०० व्यावसायिक पशुपालक किसान छन् भने दैनिक १० हजार लिटर दुग्ध उत्पादन हुँदै आएको छ । रासस
 

प्रतिकृया दिनुहोस

अनुसन्धानले आँप उत्पादनको क्षेत्रमा कायापलट गर्न सहयोग

भरतपुर, ८ फागुन । नेपालमा आँपको उत्पादन अनुसन्धान शुरु गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर क्याम्पस चितवनले आँपको उत्पादनमा बढाउन

अधिकांश कुखुरामा रोग देखिदा समस्या

चितवन, ६ फागुन । कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् । रोगका कारण

माटो र मानव स्वास्थ्य जोगाउनु सबैको दायित्व

काभ्रेपलाञ्चोक, ६ फागुन । राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले माटो र मानव स्वास्थ्यका लागि विषादीमुक्त देश बनाउन चाहेको बताएको छ