काठमाडौँकै एक विशिष्ट संस्कृति दाफा कसरी लोप हुने अवस्थामा पुग्यो ?

२०७५ माघ २७ आइतबार ०८:४७:०० मा प्रकाशित

हलोखबर

halokhabar

लिच्छवीकालदेखि नै अस्तित्वमा रहेको दाफा भजन नेवार संस्कृतिको विशिष्ट पहिचान मानिन्छ । तर पछिल्लो समय धेरै जसो स्थानहरुमा दाफा भजन गाउने चलन हराउँदै गएको छ । केही दशक अघिसम्म, दाफा भजन काठमाडौँका पुराना वस्तीहहरुमा नियमित जस्तो गाइने गरिन्थ्यो । तर केही वर्षयता दाफा भजन लोप हुने अवस्थामा पुगेको छ । करिब १ दशक अघिसम्म हाँडी, जयबागेश्वरी, असन, इन्द्रचोक लगायतका स्थानमा विहान बेलुका दाफा भजन गाइरहेको समूह देखिन्थ्यो । तर अहिले यो कथाजस्तै बन्न लागेको छ । 

 

नेवार समुदायको बाक्लो बसोबास रहेका स्थानहरुमा हरेक दिन गाइने दाफा भजनको दृश्य अचेल दुर्लभ जस्तै बनिसकेको छ । नेवारी संस्कृतिको मात्रै नभएर नेपाली संगीतकै एक महत्वपुर्ण र मौलिक विधा हराउन सक्ने सम्भावना देखिएको लोकशास्त्रीय संगीतकर्मी रामकुष्ण दुवाल बताउँछन् ।

 

पछिल्लो समय विकसित भएको आधुनिक सञ्चारमाध्यम, विभिन्न सामाजिक सञ्जाल लगायतमा युवापूस्ता झुमिन थाले पछि यस्ता मौलिक परम्परागत संस्कृति वा मनोरञ्जनका माध्यमप्रति युवायुवतीको आकर्षण घट्दै गयो । यहि कारण पनि पछिल्लो पूस्ताले अग्रजबाट आफ्ना मौलिक रितिरिवाज वा संस्कृति भुल्दै जान थाले । यी र यस्ता कारणले पनि मौलिक संस्कृति लोप हुने अवस्था आउँदा दाफा भजन पनि त्यसको मारमा परेको हो । 

 

नेपाल संगीत तथा नाट्य संगीतमा हुँदा दाफा भजन संरक्षणका लागि केही प्रयास गरेको संगीतकर्मी दुवालले बताए । प्रतिष्ठानमार्फत दाफा भजन संगीतको बारेमा प्रयोगात्मक विचार गोष्ठीका साथै केही स्थानमा दाफा भजन खलहरुलाई बोलाएर दाफा गायन प्रस्तुत गर्न लगाएको समेत उनले स्मरण गरे ।

           

 के हो दाफा भजन वा संगीत ?


समय, परिस्थिति, र मौसम अनुसार गाइने दाफा भजनमा मानवीय व्यवहार, संस्कार र देशमा भएका गतिविधिहरुलाई प्रस्तुत गर्ने गरिन्छ । दाफाका गीत, संगीत र बोलहरु परम्परागत शास्त्रीय रागहरुमा आधारित छन् । ग्वारा, लोक भजन, राग लगायतका संगीतका विभिन्न विधालाई नेवारी संगीतमा दाफा भन्ने गरिएको छ । दाफा गीत खास गरि ३५ वटा रागमा आधारित भएर गाउने गरिएको छ । दाफा गाउँदा खिं, बबुचा, ताः लगायतका बाजा बजाउने गरिन्छ । परम्परा र ऋतु अनुसार बाँसुरी, पोङ्गा, डमरु लगायतका बाजा पनि बजाउने चलन रहेको छ । नेपाल भाषाको संगीत गायनको लिखित प्रमाणिक अभिलेख अनुसार नेपाल सम्वत ६ सय ९० देखि नै दाफा गायनको चलन सुरु भएको मानिन्छ ।
सुरज

प्रतिकृया दिनुहोस

हेरिटेज पेजेन्ट्समा नेपालकी अदिति श्रेष्ठको सफलता,  मुख्य उपाधिमा सेन्ट्रल एशिया र भारत विजयी

काठमाडौं । गत फेब्रुअरी १६ मा सिंगापुरको ब्युटी वल्र्ड स्थित अंकल रिंगो काइन्डनेस कार्निभलमा संचालन भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता

एक बौद्ध भिक्षुको फिल्मी यात्रा यसरी सुरु भयो

     काठमाडौंमा हुने अधिकांस फिल्म प्रिमियर वा फेस्टिभलहरुमा यी लामा प्राय छुट्दैनन् । कहिले स्कुटर त कहिले साइकल चढेर फिल्मी गतिविधिमा सरिक

इरफान खानको कमब्याक हिन्दी मिडियम २ बाट

गएको वर्ष न्यूरोइण्डोक्राइन ट्यूमरका कारण बलिउड कलाकार इरफान खान गम्भिर स्वास्थ्य समस्यामा परेका थिए । उपचारका लागि बेलायत पुगेका उनको स्वास्थ्य