खेतीकालागि साताको मौषमी अवस्था कस्तो छ ? (विस्तृतमा)

२०७५ माघ २६ शनिबार १०:०८:०० मा प्रकाशित

कुनै पनि प्रकारको खेती गर्नुअघि मौषमी अवस्था बुझेर मात्रै खेतवारीमा के लगाउने योजना वनाउन मौषमविद्हरुको सुझाव

हलोखबर

halokhabar

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत जलवायु प्रकोप समुत्थान निर्माण आयोजना (कृषि व्यवस्थापन सूचना प्रणाली) नेपाल कृषि अनुसन्धान परिषद् (कृषि वातावरण अनुसन्धान महाशाखा
जल तथा मौसम विज्ञान विभाग (मौसम पूर्वानुमान महाशाखा र कृषि (मौसम शाखाले प्रत्येक साता झै यस पटक पनि मौषमी सूचना जारी गरेको छ । २५ माघदेखि २ फागुनसम्म खेती किसानीगर्दा मौषमको अवस्था कस्तो छ, यसकालागि अति उपयूक्त हुने जनाइएको छ । विशेषगरी झापा, मोरङ्ग, संखुवासभा, धनकुटा, सुनसरी, सप्तरी, सिराहा, दोलखा, महोत्तरी, काभ्रेपलाञ्चोक, बारा, धादिङ, चितवन, कास्की, मुस्ताङ्ग, पाल्पा, रुपन्देही, कपिलवस्तु, रुकुम, दाङ्ग, बाँके, सुर्खेत, जुम्ला,  कैलाली, डोटी, दार्चुलामा खेती किसानी गर्नेहरुलाई यो मौषमी सूचनाले वढि उपयोगी हुनेछ । 

-    साताको सुरुवातमा देशभरि सामान्य देखि पूर्ण बदली हुने तथा साताको मध्य र अन्त्यमा आंशिक देखि सामान्य बदली रहने सम्भावना छ।
-    साताको शुरूमा हल्का देखि मध्यम वर्षा र मध्य र अन्त्यमा हल्का वर्षाको सम्भावना छ।
-    उच्च हिमाली र उच्च पहाडी भुभागमा मध्यम हिमपातको सम्भावना छ। 
-    पश्चिमका तराई र पहाडका जिल्लाहरुमा हल्का कुहिरो लाग्ने र दिउँसोतिर हट्दै जाने सम्भावना छ।
-    तराई, भित्री मधेश र पहाडका बेँसीहरु ९७०० मिटरसम्म० का लागि सिफारिस गरिएका हर्दिनाथ(१, चैते(२, चैते(४, चैते(५ र चैते(६ धानका जातहरु मध्ये उपलब्ध जातको बीउ १।५ के।जी। प्रति कठ्ठा वा २।२५ के।जी। प्रति रोपनीका दरले ब्याड राख्नुहोस्।
-    साताको सुरुवातमा देशैभरि हल्का देखि मध्यम वर्षा र साताको मध्य र अन्त्यमा आंशिक देखि सामान्य बदली भई हल्का वर्षाको सम्भावना भएकोले पाकेको तोरीबाली मौसमको अवस्था हेरेर मात्र भित्र्याउनुहोस्। 
-    साताको सुरुवातमा देशैभरि हल्का देखि मध्यम वर्षा र साताको मध्य र अन्त्यमा आंशिक देखि सामान्य बदली भई हल्का वर्षाको संभावना भएको हुँदा लेकाली फलफूलका हाँगाबिंगाहरुमा लागेको झ्याउ जुटको बोरा र चक्कुको सहायताले हटाउनुहोस्। 
-    कागती बगैंचामा क्यांकर रोगको व्यवस्थापनको लागि जीवाणुको संक्रमणबाट ग्रस्त सबै हाँगा, पातहरु हटाई मट्टितेलको प्रयोग गरी जलाइ दिनुहोस्। 
-    तराई र बेँशी क्षेत्रहरुमा लगाइएको आलुबालीमा डढुवा रोगको लागि मौसम अनुकूल रहेकोले प्रकोप बढ्न सक्छ। रोगको व्यवस्थापनको लागि सेक्टिन २ ग्राम प्रति लिटर पानीमा मिसाई ८(१० दिनको फरकमा २(३ पटक सम्पूर्ण बोट भिज्नेगरि छर्नुहोस्।
-    उच्च पहाडी जिल्लाहरुमा काउली, बन्दा, गोलभेँडा, खुर्सानी, प्याज, गाजर, धनियाँ आदि तरकारीहरुका बीउ बिजन नर्सरीमा रोप्नुहोस् र टनेलरगुमोज बनाउनुहोस्। 
-    कमन कार्प जातका माछाले पोखरीमा प्राकृतिक रुपमा प्रजनन गर्ने हुँदा भाले र पोथीलाई छुट्टा(छुट्टै पोखरीमा राख्नुहोस्।
-    रेन्बो ट्राउट माछा पालन गर्ने कृषकहरुले पायक पर्ने सरकारी अथवा निजी माछा फार्महरुबाट अब माछा भुराको व्यवस्था गर्नुहोस्।
कृषि सम्वन्धी जिज्ञासाको लागि हरेक सोमबार दिँउसो २ देखि ४ बजेभित्र नार्क कृषक टोल फ्रि फोन नम्वर(११३५) पैसा नलाग्ने फोन सेवा० मा ९एनसेल र एनटिसिका फोन प्रयोग गर्ने कृषकहरुले० सम्पर्क गरि विज्ञहरुसँग प्रत्यक्ष कुराकानी गर्नुहोस्।

फलफूल बालीहरु
-    साताको सुरुवातमा देशैभरि हल्का देखि मध्यम वर्षा तथा साताको मध्य र अन्त्यमा आंशिक देखि सामान्य बदली भई हल्का वर्षाको सम्भावना भएकोले लेकाली फलफूलका हाँगाबिंगाहरुमा लागेको झ्याउ जुटको बोरा र चक्कुको सहायताले हटाउनुहोस्। 
-    लेकाली फलफूलको बगैँचा स्थापनाको लागि फलफूलहरुका बिरुवा रोपी टेको दिनुहोस र बिरुवाको वरिपरी छापो राख्नुहोस।
-    सबै प्रकारका फलफूलमा मलखाद राख्ने उपयुक्त समय भएकोले सिफारिस गरिएको मात्रा मिलाई बोटको वरिपरी चक्का बनाई मलखाद राख्नुहोस्। 
-    केराको बोट ओइलाउने रोग लागेमा व्याक्टेरिया वा ढुसी कुन बाट लागेको हो भनी प्राविधिकबाट जाँच गराई पत्ता लगाउनुहोस्। यदि ढुसिबाट लागेको ९पनामा रोग० हो भने कपरअक्सिक्लोराईड वा बेभिष्टिन २ ग्राम प्रति लिटर पानीमा घोलेर १० दिनको फरकमा ३ पटक जरा भिजाउनुहोस्। यदि व्याक्टेरियाबाट ओइलाउने रोग लागेको भएमा कासु(बी ९कासुगामाईसिन० १।५ ग्राम प्रति लिटर पानीमा घोलेर १५ दिनको फरकमा २(३ पटक जरा भिजाउनुहोस्।
-    केराको वोट ओइलाउने ९पनामा रोग० देखिएमा रोग लागेको बोट विरुवा उखेलेर हटाउनुका साथै नयाँ विरुवा सार्नको लागि रोग लागेको क्षेत्रबाट बेर्ना नल्याउनुहोस्। 
-    केराको घरीमा काईयो बनिसकेर कोसा लाग्न छोडेको छ भने बुङ्गा काटेर हटाउनुहोस्।
-    केरामा कोत्रेरोग ९ब्लतजचबअलयकभ० को व्यवस्थापनको लागि घरीमा १५ बोर्डेक्स मिश्रण ९१ लिटर पानीमा १० ग्राम चुन, १० ग्राम नीलोतुथो मिसाएको झोल० अथवा कपर अक्सिक्लोराइड २ ग्राम प्रति लिटर पानीमा मिसाई १(१ महिनाको अन्तरमा मौसमको अवस्था हेरि छर्नुहोस्।
-    कागती बगैंचामा क्यांकर रोगको व्यवस्थापनको लागि जीवाणुको संक्रमणबाट ग्रस्त सबै हाँगा, पातहरु हटाई मट्टितेलको प्रयोग गरी जलाइ दिनुहोस्। बाँकी बोटलाई कपर अक्सिक्लोराईड ३ ग्राम र कासु वी (कासुगामाइसिन) १ ग्राम विषादी १० लि। पानीमा मिसाई १५ दिनको फरकमा छर्नुहोस्।

बोटको विभिन्न भागमा देखिने क्यांकरका लक्षणहरु
      
शुरुवाती अवस्था             डाँठमा             पातमा              फलमा

तरकारी बालीहरु
ड्ड    जुम्लाजस्ता उच्च पहाडी जिल्लाहरुमा फागुनको अन्तिमदेखि चैत्र महिनासम्म लगाउने आलुको बीउ भण्डारणबाट झिकि टुसाउन दिनुहोस्।
ड्ड    साताको सुरुवातमा देशैभरि हल्का देखि मध्यम वर्षा तथा साताको मध्य र अन्त्यमा आंशिक देखि सामान्य बदली भई हल्का वर्षाको सम्भावना भएकोले तराई, भित्री मधेश तथा बेँशीमा लगाएको आलुबालीमा अब सिँचाई नगर्नुहोस्।  
ड्ड    तराई र बेँशी क्षेत्रहरुमा लगाइएको आलुबालीमा डढुवा रोगको लागि मौसम अनुकूल रहेकोले प्रकोप बढ्न सक्छ। रोगको व्यवस्थापनको लागि सेक्टिन २ ग्राम प्रति लिटर पानीमा मिसाई ८(१० दिनको फरकमा २(३ पटक सम्पूर्ण बोट भिज्नेगरि छर्नुहोस्।
ड्ड    उच्च पहाडी जिल्लाहरुमा काउली, बन्दा, गोलभेँडा, खुर्सानी, प्याज, गाजर, धनियाँ आदि तरकारीहरुका बीउ बिजन नर्सरीमा रोप्नुहोस् र टनेलरगुमोज बनाउनुहोस्।
ड्ड    नर्सरी ब्याडमा बेर्ना उम्रिसकेपछि सेतो प्लास्टिकको छानोलाई दिनमा उघार्ने र राति तथा पानी परेको बेला ढाक्नुहोस्।
ड्ड    प्रत्येक वर्ष गाँठे रोग लाग्ने जग्गामा काउली समूहका बालीलाई यस रोगबाट जोगाउन बाली लगाउने समयदेखि नै उचित व्यवस्थापनका विधिहरु अपनाउनुहोस्। 
ड्ड    भण्टाको डाँठ तथा फलको गबारोको अनुगमन गरि व्यवस्थापनका उचित विधिहरु अपनाउनुहोस्। 
ड्ड    बीउ उत्पादनको लागि रोपिएको काउली, बन्दा समुहका बालीहरुमा अल्टरनेरिया पात थोप्ले रोग लाग्ने संभावना भएकोले नियमीत अनुगमन गरि व्यवस्थापनका उचित विधिहरु अपनाउनुहोस्।
ड्ड    प्याजको शीत ढुसी रोग ९म्यधलथ mष्मिभध० को व्यवस्थापनको लागि धेरै रोग ग्रस्त बिरुवा हटाउनुहोस्। प्रकोप ज्यादा देखिएमा डाईथेन एम ( ४५ ९म्यान्कोजेव० वा मेटाल्याक्सिल जस्ता विषादीहरु २ ग्राम प्रति लिटर पानीमा मिसाई छर्नुहोस्।
ड्ड    गोलभेँडामा पात खन्ने कीरा ९त्गतब बदकयगितब० को अनुगमन गरि व्यवस्थापनका उचित विधिहरु अपनाउनुहोस्।
ड्ड    गोलभेंडामा लाग्ने गवारो ९ँचगष्त दयचभच० कीरा व्यवस्थापनको लागी १० ग्राम भेली प्रति लिटर पानीमा मिसाई बनाएको घोलमा ज्बल्एख् ९हेली एन।पि।भी।० २५० ीभ् को १।५ मि।लि। हालेर साँझको समयमा स्प्रे गर्नुहोस्, अथवा व्याक्टेरियाजन्य ९बी।टी।० द्यत ९डाईपेल, बायोलेप० ३ ग्राम प्रति लिटर पानीमा मिसाएर साँझको समयमा स्प्रे गर्नुहोस्, अथवा क्लोरानट्रानिलिप्रोल ९कोराजेन० १८।५ इ।सि। ०।४ एम।एल। प्रति लिटर पानीमा मिसाई बोट भिज्नेगरि स्प्रे गर्नुहोस्। साथै कीराले नोक्सानी गरेका फलहरु संकलन गरी खाडलमा पुर्नुहोस्।
गोलभेँडाको मोजाइक भाइरस
    गोलभेँडामा लाग्ने मोजाइक भाइरस सेतो झिँगाले सार्ने भएको हुँदा शुरुमा सेतो झिँगाको नियन्त्रण गर्नुहोस्। यसको लागि एसिटामाइप्रिड २०५ एस। पि। ९इक्का वा माजिक० १ ग्राम प्रति लिटर पानीमा घोलेर स्प्रे गर्नुहोस्।
    यदि मोजाइक भाइरस कम बोटमा मात्र देखिएको छ भने उक्त बोटहरुलाई उखेलेर जलाउनुहोस् र बाँकी बोटहरुमा भिरकोन एच १ एम। एल। प्रति लिटर पानीमा घोलेर हरेक हप्ताको अन्तरालमा ३(४ हप्तासम्म स्प्रे गर्नुहोस्।
    यदि मोजाइक भाइरस धेरै क्षेत्रफलमा लागेको छ भने सबै बोटहरुलाई उखेलेर जलाउनुहोस्।


लाही कीरा (एफीड) 
ड्ड    १ भाग गाईको गहुँत र ४ भाग पानी मिसाएर रातभरी राखेर लाही लागेको ठाँउमा भिज्ने गरी भोलीपल्ट छर्कनुहोस्। प्रकोप ज्यादा देखिएमा मालाथियन ५० इ।सी।, २ एम। एल। प्रति लिटरको दरले पानीमा मिसाई लाही लागेको ठाँउमा भिज्ने गरी छर्कनुहोस्।
अन्य
ड्ड    कन्ये च्याउ उत्पादन गर्न चाहने किसानहरुले २०(३०ड्ढ सेल्सियसको तापक्रम र ८०(९० प्रतिशतको सापेक्षिक आर्द्रता कायम गरि च्याउ खेती गर्नुहोस्।
ड्ड    फागुन महिनामा गोब्रे च्याउ रोप्नको लागि आवश्यक पर्ने मल तयारी गर्न शुरु गर्नुहोस्। ५ के।जी। च्याउको बीउ लगाउन आवश्यक पर्ने मल तयार गर्न नयाँ वा एक वर्ष पुरानो पराल १००० के।जी।स युरिया ५ के।जी।स एमोनियम सल्फेट २० के।जी।स ट्रिपल सुपरफस्फेट ७ के।जी।स कृषि चून ३० के।जी। तथा फर्मालिन १ लिटर, मेटासिड(५० ई।सी। वा नुभान १०० एम।एल। र डाईथेन एम(४५रडेरोसालरबेभिष्टिन १२५ ग्रामको दरले २८ दिनसम्म ९पहिलो र दोश्रो पल्टाई हरेक ५ दिनको फरकमा त्यसपछिको तेश्रो देखि आठौँ पल्टाई हरेक ३ दिनको फरकमा० मल पल्टाउनुहोस्। 
ड्ड    खेतबारीमा देखिने सबै कीराहरु हानिकारक हुँदैनन्। तसर्थ कीरा देखिने बित्तिकै विषादीको प्रयोग नगरौँ। मित्रजीव कीराहरु जस्तैस् माकुरा, गाइने कीरा, सात थोप्ले खपटे कीरा, बारुला, नमस्ते कीरा ९प्रेइड्ग मेन्टीड० देखिएमा तिनीहरुको संरक्षण र सम्बर्धन गरौं।
ड्ड    साताभरि नै हल्का वर्षाको सम्भावना तथा न्यूनतम तापक्रम पनि केहि घट्ने संभावना भएकोले मौरी घारलाई चारैतिरबाट प्लास्टिक वा जुटको बोराले बेरेर राख्नुहोस्। साथै घारको नियमित निरीक्षण गरी मौरीलाई खानेकुरा कम छ भने आवश्यकता अनुसार चिनी चास्नी बनाएर खुवाउनुहोस्।

पशुपालन
गाई, भैँसी, भेडा, बाख्रा

ड्ड    साताको शुरु र मध्यमा वर्षा हुने संभावना भएकोले उक्त समयमा पशुवस्तुलाई खोररगोठ भित्र राख्नुहोस् र सरसफाईलाई विशेष ध्यान दिनुहोस्। त्यसैगरि हिमाली भेगमा हिमपात हुने संभावना हुँदा पशुवस्तुलाई चरनमा नलैजानुहोस् र खोररगोठ न्यानो पारेर राख्नुहोस। प्रशस्त मात्रामा “हे ९जबथ०” र मनतातो पानीको व्यवस्था गर्नुहोस्। 
ड्ड    हिउँदको समयमा पशुको आहारामा खनिज तत्वको कमी हुने भएकोले मिनरल मिक्स्चर तोकिएको मात्रा अनुसार पशुको आहारामा मिसाएर खुवाउनुहोस्। वयस्क पशुलाई युरिया मोलासिस मिनरल ब्लक ३०० ग्राम प्रति दिनका दरले चाट्न दिनुहोस् र प्रशस्त मात्रामा पानी पिउन दिनुहोस्।
ड्ड    हिउँदको समयमा पशुवस्तुलाई हरियो घाँस र पोषणतत्वको कमी हुने र उत्पादन तथा उत्पादकत्वमा पनि कमी आउने भएकोले उक्त समयमा उग्राउने पशुहरु जस्तै(गाई, भैँसी, भेडा बाख्राहरुलाई युरिया मिश्रित पराल ९४५ युरिया० वा युरिया मोलासिस ब्लक खुवाउँदा पशुको उत्पादनमा बृद्दि गर्न सकिन्छ। तर साना बाच्छा(बाच्छी र पाडा(पाडी ९६ महिनाभन्दा कम उमेरका० लाई युरिया उपचार गरिएको पराल नखुवाउनुहोस्। 


ड्ड    व्यवसायिक रुपमा उखु खेती गरिने तराई क्षेत्रका ठाँउहरुमा खेर गएको उखुको टुप्पाबाट साइलेज बनाई जाडोयाममा पशुवस्तुलाई आहाराको रुपमा प्रयोग गर्नुहोस्। यसको प्रयोगले गाई भैसीको दुध उत्पादनमा २०(२५५ ले वृद्धि हुनसक्छ। 
ड्ड    खोरेत र चरचरे विरुद्द खोप लगाउने समय भएकोले नजिकैको प्राबिधिकसँग सम्पर्क गरि आफ्नो पशुवस्तुलाई समयमै खोप लगाउनुहोस्।
ड्ड    भर्खर जन्मिएका र साना बाच्छा(बाच्छीलाई यो समयमा छेर्ने समस्या देखिने भएकोले साना बाच्छा(बाच्छीलाई न्यानो सोत्तर बिछ्याउनुका साथै माउको बिगौती दुध शारीरिक तौलको ८५ का दरले खुवाउनुहोस्। ३(७ महिनाका बाच्छा(बाच्छीलाई छेर्ने रोग देखिएमा नजिकैको प्राबिधिकसँग सम्पर्क गरि उपचार गराउनुहोस्।
ड्ड    पशुवस्तुहरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, श्वासप्रश्वास सम्बन्धि रोग लाग्ने संभावना भएकोले पशुवस्तुको खोर(गोठ न्यानो राख्नुहोस्। पशुवस्तुको खोर(गोठको झ्यालहरुमा हावाको आवत जावत हुनेगरि जुटको बोराहरु टाँगेर न्यानो बनाउनुहोस्।
ड्ड    ताजा कोसे घाँसबालीहरु जस्तै( क्लोभर, बर्षिम, आदि खुवाउदा पेट फुल्न सक्ने भएकोले त्यस्ता घाँसहरु छहारीमा ओइलाएररसुकाएर मात्र पशुहरुलाई खुवाउनुहोस्। पशुहरुलाई बिहानीको शीत ओभाईसकेपछि मात्र चराउन लैजानुहोस्।
ड्ड    बाख्रामा सरदर शारीरिक तौलको ३५ सम्म सुक्खा पदार्थको हिसाबले दाना र घाँसको अनुपात मिलाउनुहोस्। सरदर ५० के।जी। को बाख्रालाई उत्पादनको अवस्था हेरी २५० देखि ३५० ग्राम सन्तुलित दाना र ८ देखि १० के।जी। हरियो घाँस, हे ९ज्बथ० तथा पराल दैनिक रुपमा दिने व्यवस्था मिलाउनुहोस्।
ड्ड    बाख्राको मोओलाको लागि ५५ पोभीडन आयोडिन वा १५ कपर सल्फेट वा २५ बोरिक एसिडको झोल वा १५ पोटासको घोलले मुख सफा गर्नुहोस्। 

कुखुरा, हाँस, बंगुर
ड्ड    चिसोको कारणले फुल पार्ने कुखुराहरुमा अचानक अण्डा उत्पादनमा ह्रास हुन सक्ने हुनाले कोठाको तापक्रम सन्तुलित राख्नुहोस्। फुल पार्ने समुहको कुखुरालाई २१(२४० सेल्सियस तापक्रम सबैभन्दा उत्तम हुन्छ।
ड्ड    चिसोको कारणले चल्लाहरुमा ब्रुडिङ निमोनिया तथा कुखुरामा सि।आर।डी। र एसाइटिस हुनसक्ने भएकोले खोरमा उचित तापक्रम र भेन्टिलेसनको व्यवस्था गर्नुहोस्। साना चल्लालाई चिसो लाग्नबाट बचाउन खोरमा ग्याँस ब्रुडर, भकारी र बत्तिको प्रयोग गर्नुहोस्।
ड्ड    ब्रोइलर कुखुराहरुलाई उमेर अनुसार फरक किसिमको तापक्रम आवश्यक हुन्छ। सुरुको अवस्थामा ९५० फरेनहाइट तापक्रम आवश्यक पर्छ र क्रमशस् प्रत्येक हप्ता ५० फरेनहाइट तापक्रमको दरले ७५० फरेनहाइट तापक्रम नपुग्दा सम्म घटाउँदै लैजानुहोस्।
ड्ड    चिसोको कारण बंगुरका पाठा(पाठीको मृत्युदर बढि हुने भएकोले बंगुरको खोरमा ९०(१०० फरेनहाइट तापक्रम हुने व्यवस्था गर्नुहोस्। भर्खरै जन्मेका ९२(३ दिनसम्मका० पाठापाठीहरुलाई ३२२ फिटको काठको बाकस बनाई त्यसभित्र पराल वा घाँस राखेर माथिपट्टि २०० वाटको बत्ती झुण्ड्याएर बाली वंगुरका पाठापाठीलाई चिसोबाट बचाउनुहोस्। काठको बाकसलाई थोरै हावा पस्ने गरि माथिबाट ढाक्नुहोस्।

मत्स्यपालन
ड्ड    रेन्बो ट्राउट माछा पालन गर्ने कृषकहरुले पायक पर्ने सरकारी अथवा निजी माछा फार्महरुबाट अब माछा भुराको व्यवस्था गर्नुहोस्।
ड्ड    कमन कार्प जातका माछाले पोखरीमा प्राकृतिक रुपमा प्रजनन गर्ने हुँदा भाले र पोथीलाई छुट्टा(छुट्टै पोखरीमा राख्नुहोस्।
ड्ड    कार्पजातका माछाका लागि पोखरीमा स्टक गरिएको माउ माछाको कूल तौलको ३(४ प्रतिशतका दरले ३०(३५ प्रतिशत प्रोटिन रहेको दाना दिनहुँ नियमित समयमा दिनुहोस्।
ड्ड    माछाको प्रजनन शुरु हुनुभन्दा २(३ महिना अगाडी माउ पोखरीमा १५(२० दिनको अन्तरालमा सफा पानी आपुर्ति गर्नुहोस्।
ड्ड    माछामा लाग्ने लर्निया र आर्ग्युलस ९माछाको जुम्रा० को उपचारको लागि ड्युरोक्लिन ०।३ ग्राम प्रति के।जी। को दरले दानामा राखेर लागतार ३ दिनसम्म र त्यसपछि १ दिन बिराई पुनस् २ दिनसम्म खुवाउनुका साथै माछाको घनत्व ९कतयअपष्लन मभलकष्तथ० कम गर्ने, पोखरीभित्र ठाँउ(ठाँउमा बाँस गाड्ने र 
उक्त बाँसलाई ३(४ दिनको अन्तरमा झिकेर सफा गर्ने र सुकाउने, पोखरी सफा राख्ने र माछा पोखरीको फोहोर पानी हटाई सफा पानी राख्नुहोस्। 
ड्ड    माछालाई तनाव ९क्तचभकक० रहित राख्न समय(समयमा पानी फेर्नुहोस् साथै पोखरीमा अक्सिजनको पर्याप्त मात्रा कायम राख्न ०।७५ के।भि।ए। क्षमताको ३(५ पेडल ह्विल प्रति हेक्टर जलाशयमा बिहान ४(६ बजेसम्म वायुयन्त्र ९ब्भचबतयच० को प्रयोग गर्नुहोस्।
ड्ड    इ।यु।एस। ९भ्उष्शययतष्अ ग्किभचबतष्खभ क्थलमचयmभ० संक्रमित माछाको शरीरमा स(साना राता धब्बाहरु देखिन्छ र अत्याधिक संक्रमण भएको माछाको शरीरमा गहिरो घाउ हुन्छ। यी घाउहरुमा वाह्य परजिवी तथा जिवाणुको समेत संक्रमण हुनसक्छ। यस्तो अवस्थामा संक्रमित पोखरीमा सिफालेक्सिन ९ऋभउजबभिहष्ल० ८० एम।जी। प्रति के।जी। माछालाई १५ दिन सम्म दानामा मिसाई खुवाउनु होस साथै कोर्सोलिन टि।एच। ९प्यजचकयष्लि त्ज्० ९०० एम।एल। प्रति हेक्टरका दरले पोखरीको पानीमा मिसाउनुहोस्।


घाँसेबाली
ड्ड    हिउँद महिनामा विभिन्न डालेघाँसहरु जस्तै( कोइरालो, कुटमिरो, खन्यु, गिठी, चिउरी, चुलेत्रो, जिङट, निमारो, पाखुरी, बडहर, भिमल आदि खुवाउनुहोस्। पात झर्ने समयमा काटिने डालेघाँसहरुमा झुसिलकीरा लगायत अन्य विषालु कीराहरु हुनसक्ने भएकोले खुवाउनु अघि राम्ररी हेर्नुहोस्।
ड्ड    पानी कम पर्ने तथा हावामा आर्द्रता कम रहने समय भएकोले खरबारी, डालेघाँस लगाएको नर्सरी, बेर्ना सारेको बारी तथा गोठ वरिपरी आगो लाग्नबाट बचाउन २(३ मिटर चौडाईमा घाँसपात पतिंगर हटाई अग्नि नियन्त्रण रेखा ९ँष्चभ अयचचष्मयच० बनाउनुहोस्।
ड्ड    बर्शिम, जै लगायतको घाँसको तेश्रो कटिंग लिनुहोस् तर बिउ उत्पादनको लागि राखिएको जै घाँसमा सिंचाई गरि युरिया र डि। ए। पी। ९करिब १।३ र २।२ के। जी। प्रति कठ्ठा वा २ र ३।३ के। जी। प्रति रोपनी० राख्नुहोस्। पुर्वको जिल्लाहरुमा बर्षामा आधारित जै घाँस लगाएको ठाउँमा साताको अन्त्यतिर पानी पर्ने सम्भावना भएकोले मौसमको अवस्था हेरि घाँस कटान गरि मलखाद राख्नुहोस्।
ड्ड    टियोसेन्टि ९मकैचरी०, सामा लगायतका बर्षे घाँसहरु लगाउने समय नजिकिँदै गएकोले बीउको व्यवस्था गर्नुहोस्।
ड्ड    नर्सरीमा रहेका पुरानो तथा नयाँ डालेघाँसको बेर्नाहरुलाई तुसारोबाट जोगाउनुहोस्।

 

प्रतिकृया दिनुहोस

उन्नत बीउ र प्राङगारिक मलतर्फ किसान आकर्षित

म्याग्दी, १० फागुन । व्यावसायिक कृषिमा लागेका म्याग्दीका किसानहरु बढी उत्पादन दिने उन्नत जातका बीउबिजन र आधुनिक प्रविधिको प्रयोगतर्फ आकर्षित भएका

१८ वर्षदेखि जडीबुटी प्रशोधन केन्द्र बन्द 

जाजरकोट, १० फागुन । १८ वर्षदेखि जडीबुटी प्रशोधन केन्द्र बन्द हुँदा डोल्पाका जडीबुटी व्यवसायी मर्कामा परेका छन् । जिल्लामै जडीबुटी प्रशोधन गर्ने

खाली जमिनमा महिला सामूहिक जडीबुटी खेती गरी राम्रो आम्दानी गर्दै 

परासी, १० फागुन । पश्चिम नवलपरासीको बर्दघाट–२ स्थित चिसापानी सामुदायिक वनले जडीबुटी उद्योग स्थापना गरी प्रशोधित सुगन्धित तेल उत्पादन गर्न थालेपछि