तीन हजार हेक्टरमा फलफूल खेतीका लागि अवधारणा अघि सारियो

२०७५ माघ २५ शुक्रबार १६:३२:०० मा प्रकाशित

हलोखबर

halokhabar

बनियानी, २५ माघ ।  झापामा तीन हजार हेक्टरमा फलफूल खेती (एग्रो फरेष्ट) का लागि अवधारणा अघि सारिएको छ । झापाको तोपगाछीस्थित रतुवामाई वृक्षरोपण आयोजनाअन्तर्गतको करीब तीन हजार हेक्टर क्षेत्रफलमा फलफूल खेती गर्न अवधारणा अघि सारिएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए । रतुवामाई आयोजनालाई प्रदेश नं १ सरकार मातहतमा रहने गरी नयाँ योजना निर्माण भइरहेको उनले बताए ।

आयोजनाअन्तर्गतको जग्गामा एग्रो फरेष्ट निर्माणका लागि नयाँ प्रक्रिया शुरु गरिएको वताए । आयोजनालाई प्रदेश सरकारमातहत ल्याउनुपर्छ, त्यसका लागि आवश्यक काम भइरहेको उनको भनाई छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममै एग्रो फरेष्ट निर्माण गर्ने योजनाका साथ बजेटसमेत विनियोजन गरेको जिसस प्रमुख पोर्तेलले बताए । 

उनका अनुसार आयोजनाले वार्षिक रु चार करोड आम्दानी गर्दै आएको र रु एक करोड राजश्व बुझाउँदै आएको छ । एग्रो फरेष्टको अवधारणाअनुसार आँप, लिची, कटहर, कागतीलगायतका फलफूलका बिरुवा लगाइने भएको हो । एग्रो फरेष्टबाट अहिलेको तुलनामा आम्दानी वृद्धि हुनुका साथै फलफूलमा आत्मनिर्भर बन्न सकिने प्रमुख पोर्तेलले बताए । वृक्षरोपण गरेर उत्पादित काठ दाउरा आपूर्ति गर्ने उद्देश्यले विसं २०३३ मा आयोजना स्थापना भएको हो । आयोजनाको कूल क्षेत्रफल दुई हजार ९७२ हेक्टर रहेको छ । ती क्षेत्रमा प्राकृतिक सालसँगै टिक, मसला, कदमलगायत जातका रुख÷बिरुवा लगाइएका छन् । रासस
 

प्रतिकृया दिनुहोस

अनुसन्धानले आँप उत्पादनको क्षेत्रमा कायापलट गर्न सहयोग

भरतपुर, ८ फागुन । नेपालमा आँपको उत्पादन अनुसन्धान शुरु गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर क्याम्पस चितवनले आँपको उत्पादनमा बढाउन

अधिकांश कुखुरामा रोग देखिदा समस्या

चितवन, ६ फागुन । कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् । रोगका कारण

माटो र मानव स्वास्थ्य जोगाउनु सबैको दायित्व

काभ्रेपलाञ्चोक, ६ फागुन । राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले माटो र मानव स्वास्थ्यका लागि विषादीमुक्त देश बनाउन चाहेको बताएको छ