वर्षा भएपछि गहुँबालीमा राहत, किसान खुसी

२०७५ माघ २५ शुक्रबार १४:५६:०० मा प्रकाशित

हलोखबर

halokhabar

लहान, २५ माघ । वर्षा भएपछि सिरहा र सप्तरीका किसानलाई राहत पुगेको छ । गहुँबालीमा सिँचाइ गर्न नसकेका किसान गएराति र शुक्रवार बिहान भएको वर्षाका कारण खुशी भएका हुन् । लामो समयपछि भएको वर्षाले गहुँबालीमा ठूलो राहत पुगेको किसानको भनाइ छ । धानबाली भित्र्याएर खेतमा गहुँबाली लगाए पनि सिँचाइ सुविधा नहँुदा चिन्तामा परेका सिरहाको लहान १५ का किसान लक्ष्मण चौधरी खुसी भएका छन् । राति र बिहानको वर्षाले गहुँबालीलाई राम्रो भएको भन्दै यसबाट बिरुवालाई हुर्किन मद्दत भएको वताए । वर्षाले तत्कालका लागि सिँचाइको चिन्ताबाट मुक्तसमेत भएको उनको भनाइ छ । सिँचाइ सुविधा नहुँदा अधिकांश किसान आकाशेपानीको भरमा खेती गर्दै आएका छन् । सिरहा जिल्लामा कूल खेतीयोग्य जग्गामध्ये १८ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती हुँदै आएको छ । यस्तै वर्षासँगै चिसोसमेत अत्यधिक बढेको छ । रासस
 

प्रतिकृया दिनुहोस

अनुसन्धानले आँप उत्पादनको क्षेत्रमा कायापलट गर्न सहयोग

भरतपुर, ८ फागुन । नेपालमा आँपको उत्पादन अनुसन्धान शुरु गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर क्याम्पस चितवनले आँपको उत्पादनमा बढाउन

अधिकांश कुखुरामा रोग देखिदा समस्या

चितवन, ६ फागुन । कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् । रोगका कारण

माटो र मानव स्वास्थ्य जोगाउनु सबैको दायित्व

काभ्रेपलाञ्चोक, ६ फागुन । राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले माटो र मानव स्वास्थ्यका लागि विषादीमुक्त देश बनाउन चाहेको बताएको छ