कृषि मन्त्रालयले किसानको हितमा काम नगरेको भन्दै खारेजीको माग 

२०७५ माघ २५ शुक्रबार १४:३२:०० मा प्रकाशित

हलोखबर

halokhabar

काठमाडौं, २५ माघ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा नेकपाका सांसद हृदेश त्रिपाठीले कृषि मन्त्रालयले किसानको हितमा काम नगरेको भन्दै खारेजीको माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसद त्रिपाठीले किसानको पक्षमा नभई विचौलियाको पक्षमा मन्त्रालयले काम गर्दै आएको दाबी गर्दै खारेजीको माग गरेका हुन् ।  २०३४ साल देखि अहिलेसम्म भएको कुल कृषि लगानीमा किसानमाथि जम्मा १८ प्रतिशत र किसानको नाममा विभिन्न तामझाममा ८२ प्रतिशत खर्च भएको भन्दै उनले कृषि मन्त्रालयको कार्यशैलीमा प्रश्न गरे । उनले भने, ‘किसानको हितमा काम नगर्ने कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ । यो पनि बिचौलियाकै पक्षमा काम गर्ने रैछ ।’ आफुले पटक पटक उखु किसानको समस्याबारे कुरा उठाएको तर सरकारले नसुनेको भन्दै उनले भने, ‘जसलाई लाज लाग्नुपर्ने हो उसलाई लाज नलागेकाले हुनाले मैले लाज नमानीकन भन्दै छु ।’

जुनसुकै सरकार आएपनि सबै सरकारबाट किसानहरु उपेक्षित हुदै आएको र विचौलियाहरु मालामाल हुने गरेको भन्दै उनले सरकारले उखुको मुल्य तोके पनि मिलहरुले अहिलेसम्म किसानलाई दिन नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराए । उनले कृषि मन्त्रालयको जटिल सर्कुलेशनको कारणले २५ देखि ३० प्रतिशत किसानले मात्रै गत बर्षको उखुको मुल्य पाएको तर यसबर्षको भनते बाँकी नै रहेको दाबी गरे । उनले चिनी मिलहरु ढेडमहिनासम्म सञ्चालन नहुँदा गत वर्ष कै उखुको मुल्य किसानले नपाउँदा पनि सरकार भने निरिह र लाचार भएर बसेको आरोप लगाए । उनले चिनी उत्पादनका लागि मिल ढिलो चलेको हुनाले जेठ असार तिर चिनिको संकट उत्पन्न हुने उद्घोष गरे । उनले चीनी अभाव भएपछि फेरि चिनी आयातको लागि फेरि विचौलियाहरुको चलखेल बढ्ने दाबी गरे । सरकार र उद्योगीले आ आफ्नो हितमा किसानलाई सधै बलि दिने गरेको आरोप उनले लगाए । उनले भने, ‘देवीले बाघ भालुको बलि मागेको छैन । देवीले माग्ने भनेको निर्वलको बली हो । व्यापारी, उद्योगपति ,चिनी उद्योगपति र सरकारको लडाईमा बलि चढे उखु किसानहरु । र यी तीनवटैले बलि दिए किसानलाई ।’ सेतोपाटीवाट साभार 
 

प्रतिकृया दिनुहोस

अनुसन्धानले आँप उत्पादनको क्षेत्रमा कायापलट गर्न सहयोग

भरतपुर, ८ फागुन । नेपालमा आँपको उत्पादन अनुसन्धान शुरु गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर क्याम्पस चितवनले आँपको उत्पादनमा बढाउन

अधिकांश कुखुरामा रोग देखिदा समस्या

चितवन, ६ फागुन । कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् । रोगका कारण

माटो र मानव स्वास्थ्य जोगाउनु सबैको दायित्व

काभ्रेपलाञ्चोक, ६ फागुन । राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले माटो र मानव स्वास्थ्यका लागि विषादीमुक्त देश बनाउन चाहेको बताएको छ