कृषि क्षेत्रमा उमेरको हदवन्दी लगाए मात्र उत्पादन वृद्धि गर्न सकिन्छ : मन्त्री खनाल 

२०७५ माघ २४ बिहीबार १७:१८:०० मा प्रकाशित

हलोखबर

halokhabar

काठमाडौं, २४ माघ । कृषि क्षेत्रमा उमेरको हदवन्दी लगाउन सके मात्रै वढि भन्दा वढि कृषि उपज उत्पादन गर्ने सकिने कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाले वताएका छन् । वाहिरी मुलुकहरुमा २१ देखी ३५ वर्षका युवा समुहले मात्रै कृषि गर्ने आएको उद्हारण दिदै मन्त्री खनालले भने, ‘तर, हाम्रो देशमा ठिक विपरीत भैरहेकोछ ।’ राष्ट्रिय वागवानी सेमिनारको उदघाटन गर्न विहिवार कीर्तिपुर पुग्नु भएका मन्त्री खनालले युवा जति सवै विदेशी रहेको भन्दै गाउँमा कृषि उत्पादन गर्ने समुह वालक र वृद्ध रहेकोे वताए । 


नेपालमा वालक र वृद्धले उत्पादन गर्ने एक दुई कृषि उपजमात्र आयात नगर्नु पर्ने र अरु सवै कृषि उपज आयात गर्नु पर्ने अवस्था आएकाले राज्यको ढुकुटीमा समेत असर परेको वताए ।
सरकारले नितिनियम वनाई काम गर्ने वतावरण सिर्जना गर्ने भन्दै राज्यवाट कृषि क्षेत्रमा हुने सेवा सुविधा कहिनिर नअट्कीन उनको भनाई छ । किसानले दिनभरीका गरेको कामको जव सम्म मुल्याङकन हुदैन तव सम्म किसान माथि नउठने वताए ।

नेपालको अर्थतन्त्रको अवस्था २५० वर्ष भैसक्दापनि उस्तै रहेको भन्दै अर्थतन्त्र वृद्धिमा कृषि क्षेत्रले महत्वपुर्ण भुमीका खेल्ने वताए । नेपाल ६६ प्रतिशत किसान कृषिमा संलग्न रहेको भन्दै वर्षेनी आयातको अवस्था वृद्धि हुनु दुःखत भएको उनले वताए ।  युवाशक्ति वाहिरीनु को मुख्य कारण आयात भएको र यसलाई रोक्न राज्यले युवाहरुलाई काम गर्ने वातावरण सृर्जना गर्ने आवश्यक रहेको उनको भनाई छ । 
सरकार कुनैपनि निति नियममा नरोकिने भन्दै प्रदेश र स्थानिय तहहरु सँग समन्वयन गरेर अघि वढ्ने वताए । 


नेपालमा विषाधिको समस्या भयावहि नभएको र उल्ठा प्रचार प्रसार भैरहेको वताए । मन्त्रालय वजेट, विज्ञान  किसानहरुलाई सँगै समेटेर अगाडि वढन तयार रहेको उनको भनाई छ । सरकार सँग अर्गानिक उत्पादन, तिनै तहहरु सँग समन्वयन र युवा पुस्तालाई वैदेशिनवाट रोक्ने योजना रहेको उनको भनाई छ । सेमिनारमा २६ वटा विषय वस्तु सेमेटिएको आयोजकले जनाएको छ । फलफुल प्रर्दशनी, नेपालमा चिया कफीको सम्भावना माग र चुनौति, तरकारीको अवस्था, पुष्प लगायत अन्य थुप्रै कृषि उपजहरुको वारेमा कृषि क्षेत्रका विज्ञहरु विच छलफल हुने भएको छ । 
राष्ट्रिय फलफुल विकास केन्द्र, राष्ट्रिय आलु तरकारी तथा मसला वाली विकास केन्द्र र नेपाल हर्टिकल्च सोसाइटीको आयोजनामा ३ दिन सम्म सेमिनार चल्ने छ ।

प्रतिकृया दिनुहोस

उन्नत बीउ र प्राङगारिक मलतर्फ किसान आकर्षित

म्याग्दी, १० फागुन । व्यावसायिक कृषिमा लागेका म्याग्दीका किसानहरु बढी उत्पादन दिने उन्नत जातका बीउबिजन र आधुनिक प्रविधिको प्रयोगतर्फ आकर्षित भएका

१८ वर्षदेखि जडीबुटी प्रशोधन केन्द्र बन्द 

जाजरकोट, १० फागुन । १८ वर्षदेखि जडीबुटी प्रशोधन केन्द्र बन्द हुँदा डोल्पाका जडीबुटी व्यवसायी मर्कामा परेका छन् । जिल्लामै जडीबुटी प्रशोधन गर्ने

खाली जमिनमा महिला सामूहिक जडीबुटी खेती गरी राम्रो आम्दानी गर्दै 

परासी, १० फागुन । पश्चिम नवलपरासीको बर्दघाट–२ स्थित चिसापानी सामुदायिक वनले जडीबुटी उद्योग स्थापना गरी प्रशोधित सुगन्धित तेल उत्पादन गर्न थालेपछि