खेरगईरहेको भोजपुर, आमचोक गाउँको जग्गालाई बहुआयामिक बनाउन चिया खेती सुरु 

२०७५ माघ २४ बिहीबार ०९:३८:०० मा प्रकाशित

गाउँमै व्यावसायिक चियाखेती प्रवद्र्धन हुने भएपछि स्थानीय कृषकहरु उत्साहित

निरोज कोइराला

halokhabar


भोजपुर, २४ माघ । भोजपुरको दक्षिणमा रहेको आमचोक गाउँपालिकाले सार्वजनिक जग्गामा पर्ने खुला खर्क, चउर, डाँडाकाँडामा व्यावसायिक चियाखेती विस्तार गरी दुर्गम ग्रामिण भेगका कृषकहरुको जिवनस्तर उकास्ने लक्ष्यका साथमा चिया खेती विस्तार कार्यक्रम सुरु गरेको छ । सिंगो गाउँपालिकाको आर्थिक उन्नती र पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने उद्देश्यले गाउँपालिकाका करिब २ सय ५० रोपनी बढी सार्वजनिक जग्गामा गाउँपालिकाको बार्षिक कार्यक्रम अन्र्तगत नै चिया खेती विस्तार गरिएको हो । खेर गईरहेका सार्वजनिक खुला खर्क, चउरी डाँडाहरुमा चिया लगाएर व्यावसायिक रुपमा सिंगो गाउँपालिकालाई पर्यटन, रोजगारी र अर्थोपार्जन जस्ता क्षेत्रमा बहुआयामिक बनाउने तयारीका साथ खेती विस्तार गरिएको आमचोक गाउँपालिकाले जनाएको छ । 


चियाका लागि उत्तम हावापानी भएकाले पनि चिया खेतीलाई प्रोत्साहन गरि अगाडी बढाउन सकेमा गाउँपालिका भित्रै रोजगारी सिर्जना गर्न सकिने स्थानीय बालंखाका कृषक राजिन कुमार राई बताउँछन् । ‘रोजगारीका लागि विदेशिने गाउँलेका लागि गाउँपालिका थालेको यो एउटा राम्रो आयमुलक कार्यक्रम हो ।’ उनले भने, ‘गाउँमै चिया उद्यमी बन्न सके घरमै बसीबसी आर्थिक उपार्जन गर्न पनि सहज हुन्छ । चियालाई व्यवस्थित रुपमा प्रबद्र्धन गर्दा बाह्य पर्यटकको आगमन गराउन सकिने देखिन्छ ।’ 

गाउँपालिकाको गत आर्थिक वर्ष ०७४/७५ को पहिलो परिषद्बाट चिया तथा कफि खेती विस्तार शीर्षकमा विनियोजित ७५ लाख बजेटले गतवर्ष नै उक्त खाली खर्कहरुमा १ लाख बढि चियाको बिरुवा नर्सरी गरिएको थियो । योवर्ष पनि गाउँपालिकाको दोश्रो परिषद्बाट ४२ लाख बजेट सोहि चिया तथा कफि खेती प्रबद्र्धनका लागि छुट्याएको छ । जसमा निजी चिया कृषकलाई पनि चियाको नर्सरी राख्न प्रोत्साहन गराउँदै योवर्ष पहिलेका २ वटा नर्सरीमा थप गरि ४ वटा नर्सरी ब्लग थपेर १५ लाख बढिको चियाको नर्सरी बिरुवा उत्पादन गर्ने योजना थालिएको छ । 


    बाहिरी जिल्लाबाट नर्सरी गरिएका बिरुवाका डाली ल्याउन मंहगो खर्च लाग्ने भएपछि २ वटा चियाको नर्सरी ब्लग बनाएर ६ लाख बढि बिरुवा नर्सरी राखिएको चिया तथा कफि विकास बोर्ड आमचोक गाउँपालिका बालंखाका अध्यक्ष दिपक राईले बताए । उनका अनुसार उक्त बिरुवामध्येबाट योवर्ष करिब ४ लाखको हाराहारीमा चियाका बिरुवा उत्पादन हुने अड्कल गरिएको छ । अहिले उक्त नर्सरी रेखदेख, नर्सरी लगाउने, चियाको नर्सरी पत्ती तयार गर्न, तुसारोबाट जोगाउन स्याउलाले छोप्ने, गोडमेल गर्ने १६ जना कामदारलाई प्रतिदिन ५ सय ५० रुपैँया ज्याला दिएर काम लगाईएको छ ।


    गाउँमै व्यावसायिक चियाखेती प्रबद्र्धन हुने भएपछि स्थानीय कृषकहरु उत्साहित देखिएका छन् । चियाखेतीमा आश्रित बनेर व्यावसायिक आम्दानीको श्रोत र रोजगारीको बाटो सिर्जना हुने भएपछि चियाखेतीमा उत्साह छाएको कृषक दिक्पाल राईले बताए । भने, ‘यत्रो वर्षसम्म दुःखले वर्षभरि उब्जाएको अन्नले परिवार नधानेपछि विदेशिने बाहेक अरु कुनै विकल्प थिएन । गाउँमै उद्यमी बनाउने चियाखेतीको प्रबद्र्धनले नयाँ आश, नयाँ जाँगर थपेको छ ।’ यसअघि गाउँपालिकाले चिया विकास संस्था नाममा स्थानीय सरकारले नै चलाउने गरि नीति बनाएपनि संघिय सरकारले स्थानीय सरकारको हकमा संस्था सञ्चालन हुने किसीमको कुनै ऐन नभएकाले संस्थागत रुपमा लैजाने तयारी रोकिएको थियो । पछि सोहि चिया खेतीका लागि उपभोक्ता समिति गठन गरेर नेपाल सरकार तथा सार्वजनिक प्रतिनिधीको रुपमा चिया खेतीको सुरुवात गरिएको थियो ।
गाउँपालिकाले पनि कानुनी रुपमा दर्तावाल नै चियाको सहकारी खडा गरेर गाउँपालिकाभरका करिब ४ हजार घरपरिवारलाई शेयर दिई सहकारीको घाटानाफामा उनीहरुको अधिकार हुने गरि चियाखेतीमा व्यावसायिक बनाउने योजना रहेको बताएको छ । 
    पर्यटन प्रबद्र्धनसंगै गाउँपालिकाको आर्थिक आय बढाउन, सार्वजनिक जग्गाभरि, खुला खर्क, चउरलाई पनि सुन्दरता थप्ने, रोजगारी सिर्जना गर्न पनि चिया खेतीको विस्तार गरिएको गाउँपालिका अध्यक्ष अशोक राई सुनाउँछन् । ‘सार्वजनिक जग्गामा पर्ने खर्क, डाँडा, चउरीहरु त्यसै खेर गएका छन् । ती क्षेत्रलाई यसै छाड्नुभन्दा चिया खेतीलाई प्रबद्र्धन गरे आर्थिक उन्नती हुने, जनताले रोजगारी र बाह्य पर्यटनलाई पनि ल्याउन सकिने सोचेर यो कार्यक्रम सुरु ग¥यौँ ।’ अध्यक्ष राईले भने, ‘वातवरणीय स्वच्छता थप्नुको साथै चियाखेतीबाट सिंगो गाउँपालिकालाई बहुआयामिक बनाउन पनि मद्दत पु¥याउने हाम्रो लक्ष्य हो ।’ सुरुवाती अवस्थाबाटै गाउँपालिकाका सार्वजनिक खुला जग्गामा चिया खेतीका लागि राष्ट्रिय चिया तथा कफि विकास बोर्डसंग सहकार्य गरेर काम भईरहेको गाउँपालिकाले जनाईएको छ । 
 

प्रतिकृया दिनुहोस

नेट हाउसभित्र फर्कदै भेँडे खुर्सानी र टमाटर

दाङ, ७ फागुन । दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ७ मा रहेको राप्ती वहुउद्देश्यि कृषि फार्ममा भेडे खुर्सानी र टमाटर पनि संगै उत्पादन गरेर आम्दानीमा थप

अधिकांश कुखुरामा रोग देखिदा समस्या

चितवन, ६ फागुन । कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् । रोगका कारण

कृषि व्यवसायबाट खान नपुगेकालेनै युवा विदेशीएका !

सिरहा, २ फागुन । कृषि र पशुपालनलाई मुख्य पेसा बनाइ जीविका चलाउँदै आएका जिल्लाका युवा समुदायमा पछिल्लो समयमा वैदेशिक रोजगारीप्रति आकर्षण बढेपनि तिनको