इरफान खानको कमब्याक हिन्दी मिडियम २ बाट

२०७५ माघ २३ बुधबार २२:५७:०० मा प्रकाशित

हलोखबर

halokhabar

गएको वर्ष न्यूरोइण्डोक्राइन ट्यूमरका कारण बलिउड कलाकार इरफान खान गम्भिर स्वास्थ्य समस्यामा परेका थिए । उपचारका लागि बेलायत पुगेका उनको स्वास्थ्य स्थिति अत्यन्तै गम्भिर भएको भन्दै विभिन्न आशंका गरिएको थियो । इरफानकै तर्फबाट पनि उनको स्वास्थ्य समस्याका बारेमा इमोशनल भनाई सार्वजनिक भएका थियो । 

 

स्वास्थ्यमा समस्या देखिए लगत्तै इरफान उपचारका लागि बेलायत पुगेका थिए  लामो समयदेखि उनी लण्डनमै उपचार गराइरहेका छन् । लण्डनमा बसेर उपचार गराइरहेका इरफानका प्रशसंकलाई हर्षित बनाउने खबर सार्वजनिक भएको छ । अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको खबर बाहिरिएको छ । यतिमात्रै होइन, उनी चाँडै भारत फर्कने तयारीमा छन् र भारत आएपछि २०१७ सालमा प्रदर्शन भएको फिल्म हिन्दी मिडियमको सिक्वेलमा काम गर्ने भएका छन् । 

 

फिल्मका निर्माता दिनेश विजनले पनि यो कुराको पुष्टि गरेका छन् । हिन्दी मिडियम २ लाई होमी अदजनियाले निर्देशन गर्दैछन् । एक भारतीय न्यूजपोर्टलका अनुसार मिडियम २ मा इरफानको अपोजिटमा करीना कपुर हुन सक्छिन् । फिल्मका निर्माताले अभिनयका लागि करीनालाई प्रस्ताव गरिसकेका छन् । यद्यपी अहिलेसम्म करीनाले फिल्ममा अभिनय गर्नका लागि मञ्जुरी दिइसकेकी छैनन् । यदि करीनाले अभिनयका लागि स्वीकृति जनाइन् भने इरफान र करीनाको एकसाथ अभिनय गरेको पहिलो फिल्म बन्नेछ मिडियम २ । 

 

हिन्दी मिडियमका इरफान खानले राज बत्राको भूमिकामा अभिनय गरेका थिए । फिल्ममा इरफानको अपोजिटमा पाकिस्तानी अभिनेत्री सबा कमरले अभिनय गरेकी थिइन् । पाकिस्तानी अभिनेत्री सबाले राजकी पत्नी मीत बत्राको भूमिका निभाएकी थिइन् । फिल्ममा हिन्दी मिडियममा पढेका हिन्दी अभिभावकको संघर्ष प्रस्तुत गरिएको थियो । जो आफ्ना बालबालिकालाई दिल्लीको राम्रो नीजि विद्यालयमा पढाउन चाहन्थे । २०१७ को हिट फिल्म हिन्दी मिडियमबाट इरफानले भारतकै प्रतिष्ठित अवार्ड फिल्मफेयरमा बेष्ट एक्टरको अवार्ड पनि पाएका थिए । 
 
 
 

प्रतिकृया दिनुहोस

हेरिटेज पेजेन्ट्समा नेपालकी अदिति श्रेष्ठको सफलता,  मुख्य उपाधिमा सेन्ट्रल एशिया र भारत विजयी

काठमाडौं । गत फेब्रुअरी १६ मा सिंगापुरको ब्युटी वल्र्ड स्थित अंकल रिंगो काइन्डनेस कार्निभलमा संचालन भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता

एक बौद्ध भिक्षुको फिल्मी यात्रा यसरी सुरु भयो

     काठमाडौंमा हुने अधिकांस फिल्म प्रिमियर वा फेस्टिभलहरुमा यी लामा प्राय छुट्दैनन् । कहिले स्कुटर त कहिले साइकल चढेर फिल्मी गतिविधिमा सरिक

काठमाडौँकै एक विशिष्ट संस्कृति दाफा कसरी लोप हुने अवस्थामा पुग्यो ?

लिच्छवीकालदेखि नै अस्तित्वमा रहेको दाफा भजन नेवार संस्कृतिको विशिष्ट पहिचान मानिन्छ । तर पछिल्लो समय धेरै जसो स्थानहरुमा दाफा भजन गाउने चलन हराउँदै