भैँसीपालनवाट डाँगी वार्षिक करीब सात लाख बचत गर्न सफल 

२०७५ माघ २३ बुधबार १७:०२:०० मा प्रकाशित

हलोखबर

halokhabar

दाङ, २३ माघ । तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४१ वर्षीया वकी डाँगी व्यावसायिकरूपमा भँैसीपालन गरेर छोटो समयमा एक सफल उद्यमीका रूपमा आफूलाई चिनाउन सफल हुनुभएको छ । विगत पाँच वर्षदेखि सो पेसा अङ्गालेकी डाँगी अहिले घरपरिवारका दुई सदस्यसहित भँैसीपालनमा संलग्न हुनुहुन्छ । साथै उनले स्थानीय अन्य दुई जनालाई आंशिकरूपमा रोजगारी पनि दिनुभएको छ । डाँगी आफ्नो यो पशुपालन पेशाबाट सन्तुष्ट हुनुहुन्छ । वार्षिक करीब सात लाख बचत गर्न सफल भएको छु, यसलाई सन्तोष नै मान्नुपर्छ, उनले भनीन् । उनको दिनचर्या बिहानको मिर्मिरे उज्यालोदेखि शुरु हुन्छ ।

प्राय भैँसीका पाडापाडीको स्याहार सुसारमा उनी धेरै व्यस्त देखिनुहुन्छ । परम्परागतरूपमा खेतीपाती गर्दै आएकी डाँगीले विसं २०७० मा शुभ भैँसी फार्म दर्ता गरी व्यावसायिकरूपमा भैँसीपालनको शुरुआत गरेको बताए । शुरुमा रु एक लाखमा एक उन्नत जातको भँैसी खरीद गरी भैँसीपालन गरेको उनले वताईन् । अहिले फार्ममा साना ठूला गरी १४ वटा भैँसी रहेका छन् । अहिले उनका फार्ममा सातवटा दुहुना भैँसी छन् । ती भैँसीले दैनिक रूपमा दिने ६० देखि ७० लिटर दूध स्थानीय तुलसीपुरका डेरी उद्योगमा बिक्री गर्नुहुन्छ । केही दूध आफ्नै फार्मबाट स्थानीवासीले खरीद गरी लिनेगरेको उनले वताईन् । 

डाँगीको भैँसी फार्ममा दूध खरीद गर्न आएकी तुलसीपुर उमहानगरपालिका–६ रजौरा निवासी ४३ वर्षीया राधा पाण्डेले आफ्नै घर आँगनमा शुद्ध दूध खान पाइने भएकोले किन्न आएको बताए । यसअघि एक लिटर दूध किन्न पनि तुलसीपुर बजार जानुपर्ने बाध्यता थियो तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुशीलागेको उनको भनाई छ । डाँगीको फार्ममा अहिले सम्म रु २५ लाखसम्म लगानी भइसकेको छ भने दुग्धजन्य पदार्थ र मल बिक्रीबाट वार्षिक रु २० देखि २५ लाखसम्म आम्दानी हुने गरेको छ । आन्तरिक व्यवस्थापकीय सबैजसो खर्च कटाएर वर्षमा कम्तीमा पनि रु सात लाख बचत गर्न सफल भएकी डाँगीले बताईन् । घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरण्नलगायत अन्य सामग्री खरीद गर्दा लागत खर्च बढेको डाँगीले बताईन् । 

अहिलेसम्म सरकारी निकायबाट केही प्राविधिक सहयोग त पाएको छु तर अरु आर्थिक सहयोग कुनै निकायबाट नपाएको उनको भनाई छ । कम लगानीमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएकाले अहिले उनको भँैसी फार्ममा विभिन्न ठाउँबाट भँैसी हेर्न, जानकारी लिन तथा भँैसी खरीदका लागि समेत मानिस आउने गरेका छन् । पढेलेखेका सबैले पैसा कमाउनका लागि जागिर खानै पर्छ या विदेश जानैपर्छ भन्ने केहि छैन । पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय गर्नुपर्नेमा उनको जोड छ । तर त्यसका लागि राज्यले नारामा मात्र सीमित नभई व्यावहारिकरूपमै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने उनको धारणा छ । त्यस्तै उत्पादित सामग्रीलाई बजारको प्रबन्ध गर्न सकेमा किसानमा अझै ठूलो हौसला मिल्ने उनको अनुभव छ । रासस
 

प्रतिकृया दिनुहोस

झण्डै ५० विगहा जग्गामा टमाटर उत्पादन गर्दै दाङका महिलाहरु (फोटो फिचर)

दाङ, ९ फागुन । महिलाहरुले चाहेमा जे पनि गर्न सक्छन् भन्ने उद्हारण हेर्नकालागि दाङ गए हुन्छ । किनभने सामान्यतया महिलाहरुले केही गर्दैनन् भन्ने आरोप

मकै सुपरजोन दाङमा यान्त्रीकरणको प्रयोगपछि लागत र समय बचतसंगै उत्पादन वद्धि हुदा स्थानिय हर्षित

दाङ ७ फागुन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै सुपरजोन कार्यक्रम लागू भएपछि दाङमा मकै खेती तुलनात्मक रुपले वृद्धि भएको छ । कृषि

लाहुरे भन्दा चियाको बुट्टामा रमाए लिम्बूको जीवन

इलाम, २ माघ । अक्सर फर्किंदैनन्, फर्केपनि गाउँमा विरलै बस्छन् लाहुरेहरु । जितपुर गाउँका लाहुरे दाइ भने एक दशक अघिदेखि चिया सुम्सुम्याएर बसिरहेकाछन्